थप समाचारशुक्रबार, माघ २, २०७१
प्रक्रियाको पक्षमा तीन चौथाइ सभासद्
कांग्रेस एमालेसहित प्रक्रियाबाटै संविधान जारी गर्नका लागि सभाध्यक्षलाई हस्ताक्षर बुझाउने, प्रक्रियामा सहमत भए पनि हस्ताक्षर नगर्ने राप्रपा नेपाल र नेमकिपा गरी तीन चाैथाइ सभासद्को संख्या संविधानसभाका कुल सभासदको तीनचाैथाइ छ । त्यसैगरी प्रक्रियाकाे विराेधमा उभिने सभासदको संख्या एकचौथाई मात्र छ ।
संविधानसभामा संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको प्रतिवेदनमाथि छलफल शुरु भएको छ ।
जेष्ठ सदस्य सुर्यबहादुर थापाले पेश गरेको प्रतिवेदनमाथि २ माघदेखि छलफल शुरु भएको हो । प्रतिवेदन वुझाउने दिन २९ पुसमा समितिका सभापति बाबुराम भट्टराई अनुपस्थित भएपछि थापाले प्रतिवेदन वुझाएका थिए ।
तर, प्रतिवेदनबारे भने भट्टराईले २ माघको बैठकमा बोलेका छन् । उनीसँगै अन्य दलबाट पनि धारणा राख्ने क्रम शुरु भएको छ ।
यसैबीच, सात वर्षदेखि दलका शीर्ष नेताहरुले सहमति जुटाउन नसकेको भन्दै कांग्रेस–एमाले गठनबन्धनका सभासदहरुले प्रकृया अघि बढाउन हस्ताक्षर वुझाएका छन् भने एमाओवादी मोर्चाले प्रकृयाको विरोध जनाएको छ ।
संघीयता, धर्मनिरपेक्षता जस्ता विषयमा जनमत संग्रहको माग गर्ने राप्रपा नेपाल र नेपाल मजदुर किसान पार्टी भने तटस्थ देखिएका छन् ।
यी दुई दल तटस्थ बस्दा पनि कांग्रेस–एमाले गठबन्धनसँग ७० प्रतिशत मत छ । एमाओवादीका १९ दलसँग २५ प्रतिशत र तटस्थ मत ५ प्रतिशत देखिन्छ । तर, तटस्थ मतले पनि प्रकृयामा सहभागी हुने जनाएपनि एमाओवादी मोर्चा भने सहमति बिना प्रकृयामा जान नदिने पक्षमा उभिएको छ ।
कोसँग कति सभासद
प्रकृयामा जाँदा सहभागी हुने जनाएपनि कांग्रेस–एमाले गठबन्धनमा हस्ताक्षर नगर्ने पक्षसहित सभासदहरु तीन समूहमा बाँडिएका छन् । तर, राप्रपा नेपाल र नेमकिपाले प्रकृयामा सहभागी हुने जनाएकाले संविधानसभा दुई समूहमा बाँडिएका छन् ।
कांग्रेस–एमाले गठबन्धन
१, नेपाली कांग्रेस – २०७
२, नेकपा एमाले – १८३
३, राप्रपा – १३
४, नेकपा माले – ५
५, राष्ट्रिय जनमोर्चा – ३
६, नेकपा संयुक्त – ३
७, अखण्ड नेपाल –१
८, जागरण पार्टी –१
९, नेपाल जनता दल –१
१०, बहुजन शक्ति पार्टी –१
११, स्वतन्त्र सभासद –२
जम्मा – ४२०
एमाओवादी मोर्चा
१, एमाओवादी –८४
२, फोरम लोकतान्त्रिक – १४
३, तमलोपा – ११
४, फोरम नेपाल –१०
५, सद्भावना पार्टी–६
६, संघीय समाजवादी पार्टी नेपाल–५
७, मधेश समाजवादी पार्टी –३
८, तराई–मधेश सद्भावना पार्टी–३
९, परिवार दल –२
१०, राष्ट्रिय जनमुक्ति पार्टी–२
११, थरुहट तराई पार्टी –२
१२, संलोराम (थरुहट) –१
१३, समाजवादी दल –१
१४, फोरम गणतान्त्रिक –१
१५, नेपाःपार्टी –१
१६, संघीय सद्भावना –१
१७, खम्बुवान राष्ट्रिय मोर्चा –१
१८, मधेश समाता पार्टी –१
१९, दलित जनजाति पार्टी –१
जम्मा –१५०
राप्रपा–नेमकिपा
१, राप्रपा नेपाल –२५
२, नेपाल मजदुर किसान पार्टी–४
जम्मा – २९
दोस्रो संविधानसभा निर्वाचनपछि २ जना सभासद मनोनित हुन सकेको छैन । यसबाहेक बाँकी ५९९ जना मध्ये एमाओवादी मोर्चाका २ जना सभासद निलम्बनमा परेका छन् कांग्रेसका एक सभासदको निधन भएको छ भने राप्रपा नेपालका एक सभासद पनि निलम्वनमा परेका छन्
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
