थप समाचारशुक्रबार, माघ २, २०७१
भीमफेंदीमा सुमो दुर्घटना ४ को मृत्यू
मकवानपुरको भीमफेंदीमा यात्रुबाहक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
काठमाडौबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज ४२७५ नम्बरको टाटा सुमो मकवानपुरको भिमफेदी जुरेखेतस्थित सडकबाट एकसय २५ मीटर तल खस्दा ४ जनाको मृत्यु भएको हो । मृत्युहुनेमा ३ पुरुष र एक बच्चा छन् ।
एकजना घाइते गाडीमै च्यापिएको अवस्थामा प्रहरीले उद्दार गरिरहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक दीपक थापाले बताए ।
घट्ना स्थलमा इलाका प्रहरी कार्यालय भमफेदीको प्रहरी टोली पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सुरजकुमार भुजेल, मकवानपुर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
