Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एन्ड्रोइड: कपकेकदेखि ललीपपसम्म - Himalkhabar.com

ब्लगशुक्रबार, माघ २, २०७१

एन्ड्रोइड: कपकेकदेखि ललीपपसम्म

हिमालखबर

– गणेश आचार्य

खानापछि खाइने गुलियो परिकार ‘डेजर्ट’ बाट राखिएका एन्ड्रोइड भर्सनहरूको नामैले तिनीहरूको मिठोपना जनाउँछ।

androidकपकेक
‘डेजर्ट’ नाम दिइएको पहिलो एन्ड्रोइड भर्सन, एन्ड्रोइड १.५ ‘कपकेक’ हो। २००९ अप्रिलमा सार्वजनिक भएको कपकेकमा भिडियो हेर्न मिल्ने, नयाँ किबोर्डहरू सेटअप गर्न मिल्ने, वेब ब्राउजरमा कपी–पेस्ट गर्न मिल्ने लगायतका नयाँ सुविधा आए।

कपकेकका पिकासा वा युट्युबमा फोटो वा भिडियो अपलोड गर्न मिल्ने सुविधालाई प्रयोगकर्ताले धेरै मन पराए। यसमा एप्लिकेशन बन्द नगरिकनै एउटै क्लिकमा स्टिल र भिडियो क्यामेरा छान्न मिल्ने सुविधा थियो।

इक्लेयर
डुनोटलाई अपग्रेड गरेर गुगलले इक्लेयरको नाममा एन्ड्रोइड २.० भर्सन २००९ अक्टोबरमा सार्वजनिक गरेको थियो। स्क्रीनमा लाइभ वालपेपर राख्न मिल्ने, एकाउण्ट सिन्क मार्फत इमेल र फोन बुकलाई जोड्न सकिने लगायतका एकदमै नयाँ सुविधाले इक्लेयरमा धेरैको ध्यान तान्यो।

यही भर्सनबाट मोबाइलको क्यामेराले फ्ल्यास पनि सपोर्ट गर्न थाल्यो। गुगलले २००९ डिसेम्बर र २०१० जनवरीमा नयाँ अपडेट २.०.१ र २.१ भर्सन सार्वजनिक गरेको थियो।

डुनोट

थुप्रै नयाँ सुविधाका साथमा २००९ सेप्टेम्बर १५ मा एन्ड्रोइडको नयाँ भर्सन १.६ डुनोट सार्वजनिक भयो। अक्षर र आवाजबाट सर्च गर्न मिल्ने सुविधालाई अझै राम्रो बनाइएको, पहिलो भन्दा राम्रो क्यामेरा र ग्यालरी फिचर, धेरै फोटोहरू एकैपटक डिलेट गर्न मिल्ने नयाँ सुविधाका कारण प्रयोगकर्ताहरू डुनोट चाख्न दौडिए। कपकेक चलाइरहेकाहरूलाई अपडेट गरेर डुनोटमा जान सक्ने सुविधा यसमा थियो।

फ्रोयो
फ्रोजन योगर्ट अर्थात् जमेको दहीको छोटो रूप हो फ्रोयो। २०१० मेमा सार्वजनिक भएको २.२ फ्रोयोसँगै एन्ड्रोइडले छिटोछिटो सफलताको फड्को मारेको मानिन्छ। स्पीड, मेमोरी र पर्फमेन्सको दृष्टिले एन्ड्रोइड फ्रोयो २.२ एकदमै शक्तिशाली थियो।

मोबाइल फोनलाई वाईफाईको हटस्पट बनाउन मिल्ने सुविधाले फ्रोयो धेरैको प्रिय भर्सन पनि बन्यो। केही समस्या समाधान गर्दै २०११ जनवरीमा दुई पटक र नोभेम्बरमा फ्रोयोका अपडेटहरू २.२.१, २.२.२ र २.२.३ सार्वजनिक भए। अहिले पनि गुगल प्ले स्टोर चलाउने एन्ड्रोइड फोनहरूमध्ये ०.५ प्रतिशत फ्रोयो नै छन्।

हनिकम्ब
हनिकम्ब एन्ड्रोइडको ट्याब्लेटमा मात्र चल्ने भर्सन हो। एन्ड्रोइड फोनको तलपट्टी देखिने ब्याक, होम लगायतका भर्चुअल बटनहरू हनिकम्ब ३.० बाटै आउन शुरु भएको हो। सुविधाहरूबाट मुग्ध प्रयोगकर्ताहरूले नयाँ–नयाँ सुविधाको माग गर्न थाल्दा आएको हनिकम्ब गुगललाई सबैभन्दा धेरै अपडेट गर्नुपरेको भर्सन हो।

३.०, ३.१, ३.२, ३.२.१–३.२.६ सम्मका अपडेटहरू सार्वजनिक भइसक्दा हनिकम्ब भएका एन्ड्रोइड फोनहरूमा जोयस्टिक र जोयप्याड चलाउन मिल्ने र गुगल टीभी हेर्न मिल्नेसम्म भइसकेको थियो।

इन्टरनेशनल डाटा सेन्टर आईडीसीको तथ्यांक अनुसार अहिले विश्वको स्मार्टफोन बजारमा एन्ड्रोइडको हिस्सा ७५ प्रतिशत पुगेको छ। एन्ड्रोइडका एप्लिकेशनहरू डाउनलोड गर्ने गुगल प्ले स्टोरबाट पनि पछिल्ला भर्सनका स्मार्टफोनबाट भन्दा धेरै एप्लिकेशन डाउनलोड भएको देखिन्छ। ५.० र ५.०.१ ललीपप एन्ड्रोइडको पछिल्लो भर्सन हो।

गुगलले एन्ड्रोइडको पहिलो व्यावसायिक भर्सन १.५ ल्याउनु अगाडि पनि अल्फा, एस्ट्रो बोय, बेण्डर नाममा आन्तरिक प्रयोजनका भर्सनहरू निकालेको थियो। २००७ नोभेम्बरमा भर्सन बिटा सार्वजनिक भएपछि एन्ड्रोइडको उँचाइ बढ्न थालेको मानिन्छ। त्यसयता एन्ड्रोइडका १० वटा भर्सन सार्वजनिक भइसकेका छन्। रमाइलो कुरा, सबै भर्सनलाई खाना खाइसकेपछि खाइने ‘डेजर्ट’ को नाम दिइएको छ।

जेलीविन
प्रयोगकर्तालाई पर्फमेन्स र प्रक्रियामा उल्लेख्य स्तरोन्नति महसूस गराउने लक्ष्यका साथ २०१२ जूनमा आएको एन्ड्रोइड ४.१ जेलीविन अहिलेसम्मकै धेरै स्मार्टफोनमा भएको भर्सन हो। अहिले प्ले स्टोर चलाउनेमध्ये ४८.७ प्रतिशतसँग जेलीविन भएको एन्ड्रोइड फोन छ।

प्रोजेक्ट बटर अन्तर्गत सार्वजनिक गरिएको जेलीविन बटर जत्तिकै छरितो रहेको प्रयोगकर्ताको अनुभव छ। एप्लिकेशन नखोली नोटिफिकेशन हेर्न, मेनु एनिमेशन गर्न, बोलेरै सर्च गर्न मिल्ने लगायतका रमाइला सुविधा भएको यो भर्सनलाई छिटो, राम्रो र सजिलो मानियो।

४.१.१, ४.१.२, ४.२, ४.२.१, ४.२.२, ४.३ सम्म आइपुग्दा जेलीविनमा युनिकोड सपोर्ट, पृथ्वी जस्तै गोलो फोटो, ग्रुप एसएमएस लगायतका सुविधा थिए।

जिन्जरब्रेड

२०१० डिसेम्बरमा सार्वजनिक भएको एन्ड्रोइड २.३ ले फ्रोयोभन्दा बढी चर्चा पायो। क्यामेरा, फन्ट, ब्याट्री व्यवस्थापन गर्ने टुलहरूको स्तरोन्नतिका कारण यसले बजारका अधिकांश स्मार्टफोनमा बास पाउन थाल्यो।

अहिले पनि गुगल प्ले स्टोरमा ९.१ प्रतिशत जिन्जरब्रेड भएका फोनहरू सक्रिय छन्। जिन्जरब्रेडदेखि नै नियर फिल्ड कम्युनिकेसन (एनएफसी) को जन्म भयो। र यही भर्सनदेखि मोबाइलको अगाडिको क्यामरा चलाउन मिल्न थाल्यो।

जिन्जरब्रेडको प्रारम्भिक अपडेटमा भएका समस्या समाधान गर्न ८ वटा भर्सन निकाल्नुपर्‍यो। केही महीनाको अन्तरमै जिन्जरब्रेड २.३.१ देखि २.३.७ सम्मका अपडेटहरू सार्वजनिक थिए। अपडेटहरू थेगिनसक्नु भएपछि गुगललाई अर्को भर्सन ननिकाली सुखै भएन।

आइसक्रिम स्याण्डविच
हनिकम्बले ट्याब्लेटका लागि मात्रै भनेर बनाएका सुविधाहरू फोनमा पनि चलाउन मिल्ने गरी एन्ड्रोइड ४.० आइसक्रिम स्याण्डविच सार्वजनिक भयो। होम स्क्रीनमा एपहरूको सर्टकर्ट राख्न, अनुहार देखाएर लक खोल्न, स्क्रीनको फोटो लिन मिल्ने लगायतका विल्कुलै नयाँ सुविधाका कारण अहिलेसम्म पनि ७.२ प्रतिशतले आइसक्रिम स्याण्डविच भएको फोन मार्फत गुगल प्ले स्टोर चलाउँदैछन्।

एन्ड्रोइड बिम, वाईफाई डाइरेक्ट लगायतका सुविधाले यो भर्सनलाई लोकप्रिय बनायो। २०११ अक्टोबरमा रिलिज भएको आइसक्रिम स्याण्डविचलाई क्यामेरामा पानोरमा भ्यु, टेक्स्ट प्रेडिक्सन, भ्वाइस इनपुटले सर्वाधिक लोकप्रिय बनायो। यसको ४.०.१ देखि ४.०.४ सम्मका अपडेट सार्वजनिक भए।

किटक्याट

प्लेस्टोर चलाउनेमध्ये ३३.९ प्रतिशतको फोनमा २०१३ सेप्टेम्बरमा आएको एन्ड्रोइडको किटक्याट ४.४ छ। शुरुमा यो भर्सनलाई कि लाइम पाई नाम दिइएको थियो, तर थोरैलाई मात्र कि लाइम पाईको स्वाद थाहा भएको जानेपछि यसको नाम किटक्याट बनाइयो।

गुगलले नेक्सस ५ मार्फत २०१३ अक्टोबरमा किटक्याटलाई बजारमा ल्याएको हो। क्यामेराको अटोफोकस, एचडीआर, स्पीड, डिस्प्ले गुणस्तर लगायतमा परिवर्तनका साथ ल्याइएको किटक्याट भर्सनदेखि केही स्मार्टवाच पनि फोनबाट चलाउन मिल्ने भयो। ४.४.१ देखि ४.४.४ सम्म आइपुग्दा प्रयोगकर्ताले महसूस गरेका यो भर्सनको धेरै समस्या समाधान भइसकेका थिए।

ललीपप
गुगल नेक्सस ६ र ९ मार्फत २०१४ जूनमा आएको ललीपप ५.०, एन्ड्रोइडको पछिल्लो संस्करण हो। ६४ विटको सीपीयू सपोर्ट गर्ने यो भर्सनमा लक स्क्रीन, नोटिफिकेशन एरिया, सर्च आदिमा परिमार्जन गरिएको छ।

कम्प्युटरमा जस्तै छुट्टाछुट्टै एडमिनिस्ट्रेटर र गेस्ट अकाउण्ट बनाएर चलाउन र युएसबी मार्फत अडियो इन/आउट गर्न मिल्ने ललीपप अहिले नेक्सस सिरिज लगायतमा उपलब्ध छ। २०१४ डिसेम्बरदेखि उपलब्ध ललीपपको नयाँ अपडेट ५.०.१ पक्कै पनि अन्तिम भर्सन हैन।

डेजर्टको नाम राख्ने चलन अनुसार गुगलले अबको नयाँ भर्सन ‘एम’ राख्ने पक्कापक्की नै छ। ‘एम’ बाट सम्भावित नाम मिल्कसेक, मफिन, म्याकारुन या मार्सम्यालो हुन सक्छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>