Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सऊदी अरब: ब्लगरलाई १० वर्ष कैद र १ हजार कोर्राको सजाय - Himalkhabar.com

थप समाचारशनिबार, माघ ३, २०७१

सऊदी अरब: ब्लगरलाई १० वर्ष कैद र १ हजार कोर्राको सजाय

हिमालखबर


सउदी अरबका ब्लगर रैफ बदावीलाई दोस्रो पटक तोकिएको कोर्रा हान्ने सजाय स्थगित गरिएको छ ।

badawiब्लगर बदावीमाथि उनको वेबसाइट ‘सउदी लिबरल नेटवर्क’ मार्फत इस्लामलाई अपमान गरेको, साइबर अपराध लगायतका आरोपमा सजाय दिइएको थियो । उक्त वेबसाइट अहिले बन्द गराइएको छ ।

कैद सजाय भोगिरहेका रैफ बदावीलाई उनको स्वास्थ्यका कारण कोर्राको सजाय रोकिएको हो । सन् २०१२ मा पक्राउ गरिएका उनलाई १० वर्ष कैद र १ हजार कोर्रा हान्ने सजाय त्यहाँको अदालतले सुनाएको थियो ।

यसअघिको शुक्रबार बदावीलाई ५० कोर्रा हानिएको थियो जसको विश्वभरबाटै विरोध भएको थियो भने सउदी अरबको सरकारले त्यसमाथि कुनै प्रतिक्रिया दिएको थिएन । सजाय अनुसार उनलाई प्रति साता ५० कोर्राका दरले १ हजार कोर्रा प्रहार गरिनेछ ।

एमनेस्टी इन्टरनेशनलका अनुसार चिकित्सकहरुले पछिल्लो हप्ता उनीमाथि प्रहार गरिएको कोर्राको घाउ अझै निको नभएकोले उनी थप कोर्रा सहन सक्ने अवस्थामा छैनन् । चिकित्कले अर्को सातासम्म उनीमाथिको सजाय स्थगित गर्न माग गरेका छन् ।

बदावीकी पत्नीले सजाय स्थगित गरिएबाट सउदी प्रशासन उक्त सजायलाई रद्द गर्न चाहेको आफूलाई लागेको बताएको बीबीसीले उल्लेख गरेको छ ।

३१ वर्षीय ब्लगर एवम एक्टिभिस्ट रइफ बदावीले सन् २००८ मा एक अनलाइन फोरम ‘लिबरल सउदी नेटवर्क’ बनाएका थिए । यो ब्लगमा उनले सउदी अरबका धर्माधिकारीहरुको आलोचनामा लेख लेखेका थिए र सरकारी नीतिको आलोचना गरेका थिए ।

सउदीका शेख अब्दुर्रहमान अल–बराक जसले उनका विरुद्ध फतवा जारी गरे का अनुसार बदावीले ‘मुसलमान, यहूदी, इसाइ र नास्तिक सबै समान हुन’ भन्ने लेखेका थिए ।

सन् २०१२ मा बदावीमाथि सांघातिक आक्रमण भएपछि उनका पत्नी र परिवारले क्यानाडामा शरण लिएका थिए । त्यसैबर्ष सउदी सरकारले उनीमाथि इस्लामको अपमान गरेको आरोपमा गिरफ्तार गरेको थियो । सन् २०१३ मा उनलाई ७ वर्ष जेल र ६०० कोर्राको सजाय तोकिएकोमा मथिल्लो अदालतले सजाय बढाउँदै १० वर्ष कैद र १ हजार कोर्राको सजाय सुनाएको थियो ।

-एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>