खेलकुदशनिबार, माघ ३, २०७१
नेपाल युगाण्डासँग दुइ रनले पराजित
आइसीसी डिभिजन टु प्रतियोगिताको पहिलो खेलमा नेपाल युगाण्डासँग दुइ रनले पराजित भएको छ ।
युगाण्डाले दिएको १४७ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा नेपाल ५० ओभर पुरा खेलेर सबै विकेट गुमाउँदै १४४ रनमा समेटियो । नेपालका तर्फबाट उपकप्तान ज्ञानेन्द्र मल्लले ३४ र सुवास खकुरेलले ३२ रनको योगदान दिए ।
अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक रहेकोमा नेपालले सात रनमात्र जोड्न सक्यो । अन्तिम बलमा ३ रन आवश्यक भएको अबस्थामा बसन्त रेग्मी आउट हुनपुगे ।
यसअघि युगाण्डाले ४९.५ ओभरमा अलआउट हुँदै १४६ रन बनाएको थियो । तीन विकेट लिएका कप्तान पारस खड्का सस्तैमा आउट भएपछि नेपाली इनिङ धर्मराउन शुरु गरेको थियो ।
उपकप्तान ज्ञानेन्द्र मल्लले इनिङ सम्हाल्ने प्रयास गरेपनि उनलाई साथ दिने गरी गतिलो साझेदारी हुनसकेन ।
ज्ञानेन्द्र आउट भएपछि अन्तिम क्षणमा शक्ति गौचनले दुई छक्का प्रहार गर्दै नेपालको सम्भावना कायमै राखेका थिए । तर, ४९ औं ओभरमा शक्ति पनि आउट भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
