थप समाचारआइतबार, माघ ४, २०७१
एमाले सिरहामा प्रमोद
नेकपा एमालेको नवौँं सिरहा जिल्ला अधिवेशनले प्रमोद यादवको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिका उपाध्यक्षमा उत्तरबहादुर जर्घामगर, सचिवमा योगेन्द्र सिंह र उपसचिवमा अशोककुमार यादव चयन भएका हुन् । निर्वाचित सवै पदाधिकारी बरिष्ठ नेता माधवकुमार नेपाल समूहका हुन् ।
नेपाल समूहबाट उमेद्वारी दिएका यादवले पार्टी अध्यक्ष केपी शर्मा अाेली समूहका रामअवतार यादवलाई पराजित गरेका हुन् । कार्य समितिमा पनि नेपाल समूहकाे बर्चश्व छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
