टिप्पणीआइतबार, माघ ४, २०७१

एमाओवादीको भिष्मप्रतिज्ञाको सम्मान

गगन थापा

संविधानसभाको ३ माघको बैठकमा एमाओवादी नेता हरिबोल गजुरेल ले भन्नुभयो, “एक वर्षमा संविधान नबने के हुन्छ ? पहाड खस्छ ?”

मैले उहाँलाई उहाँकै भिष्मप्रतिज्ञा सम्झाएँ, “नयाँ संविधानसभा गठन भएको ६ महिनाभित्र हामी संविधानका बाँकी रहेका मुद्दाहरूमा राष्ट्रिय सहमति कायम गर्ने कोशिश गर्नेछौं। सहमति कायम हुन सकेन भने हामी संविधानसभाको प्रक्रियामा लगेर लोकतान्त्रिक तरिकाले मुद्दाहरूको टुङ्गो लगाउने छौं र एक बर्षभित्र हामी तपाईलाई नयाँ संविधान दिनेछौं। यो हाम्रो भिष्म प्रतिज्ञा हो।” (एमाओवादी घोषणापत्र )

नेता गजुरेलले भन्नुभयो, “ मतदानको कुरा गरेर संविधानसभा भाँड्न नखोजनुस ।”

मैले फेरि उहाँकै घोषणापत्रको अंश पढेर सुनाएँ, “बेलैमा सहमति हुन नसकेका विषयहरूमा संविधानसभाको प्रक्रिया अनुसार मतदानद्वारा टुङ्गो लगाउदै संविधान निर्माणको कार्य अघि बढाउनु पर्थ्यो। तर वढो आदर्शवादी तरिकाले अन्तिम घडिसम्म सहमतिको एकल मार्गमा लागिरहनु परिवर्तनकामी शक्तिहरूको पनि भयङ्कर गल्ति र कमजोरी रहन गयो। हाम्रो पार्टी सो कमजोरीका लागि गम्भिर आत्मालोचना गर्दछ र आगामी दिनमा त्यस्तो कमजोरी हुन नदिन दृढ प्रतिज्ञा गर्छ।”

नेताले दिक्क मान्दै भन्नुभयो, “मतदान बाट टुंग्याउँछु भन्नु भन्दा पहिला एकपटक नियमतर्फ त ध्यान पुर्‍याउनुस।”

मैले माओवादी आफैं संलग्न भएर बनाएको नियमावलीका आधारमा बनाइएको कार्यतालिकाको ४ नं वुँदामा पढेर सुनाएँ “राजनीतिक दलहरूका विचमा मतभिन्नता रहेका बिषयमा सहमति कायम गर्ने,छलफलमा उठेका नयाँ विषयहरू पनि सहमति गराई समावेश गर्ने । सहमति हुन नसकेमा पुनःनिर्णयार्थ संविधानसभामा प्रतिवेदन पेश गर्ने। सहमति हुन नसकेमा प्रक्रियामा जाने ।”

अनि मैले भनें, “कमरेड तपाईंले नगरेपनि कम्तिमा हामीलाई त तपाईंको भिष्मप्रतिज्ञाको सम्मान गर्न दिनुस !”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>