खेलकुदआइतबार, माघ ४, २०७१

एबी डी विलियर्सः ४४ बल, ९ चौका, १६ छक्का, १४९ रन

हिमालखबर

दक्षिण अफ्रिकी क्रिकेटर एबी डी विलियर्स वान डेमा सबैभन्दा चाँडै अर्ध शतक र शतक बनाएर नयाँ किर्तिमान कायम गरेका छन् ।

vislliarsविलियर्सले आइतबार अफ्किाको जोहानेसबर्गको वान्डरर्स मैदानमा वेष्ट इण्डिजविरुद्धको खेलमा क्रिकेटको इतिहासमा दुई–दुई वटा विश्व किर्तिमान बनाएका हुन् । उनले १६ बलमै अर्ध शतक (५० रन) बनाएर नयाँ किर्तिमान कायम गरे ।

यसअघि १७ बलमा अर्धशतक बनाएका श्रीलंकाका सनत जयसूर्याको नाममा यो किर्तिमान थियो । जयसूर्याले सन् १९९६ मा सिंगापुरमा आयोजित खेलमा पाकिस्तान विरुद्धको खेलमा १७ बलमा अर्धशतकको रेकर्ड बनाएका थिए ।

१६ बलमा अर्धशतक बनाएर नयाँ किर्तिमान कायम गरेका विलियर्सले सोही खेलमा ३१ बलमा शतक (१०० रन) बनाएर अर्को किर्तिमान कायम गरे । यसअघि यो किर्तिमान न्यूजिल्याण्डका कोरी एण्डरसनको नाममा थियो । गत जनवरमिा क्विन्सल्याण्डमा आयोजित खेलमा वेस्टइण्डिजविरुद्ध एण्डरसेनले उक्त रेकर्ड बनाएका थिए ।

आजको खेलमा डि विलियर्सले सेन्चुरी पूरा गर्दासम्म आठ चोका र १० छक्का प्रहार गरे ।

यसबाहेक डी विलियर्सले वानडेको एउटा खेलमा १६ छक्का हान्ने भारतका रोहित शर्माको विश्व किर्तिमानसँग पनि बराबरी गरेका छन् ।

त्यसैगरी यही खेलमा विलियर्सको  दक्षिण अफ्रिकी टिमले ४३९ रन बनाएर वानडेमा सर्वाधिक रनको विश्व किर्तिमान बनाएको छ । यसअघि यो किर्तिमान अष्ट्रेलिया (४३४ रन) को नाममा थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>