Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कक्षा ११ को परीक्षाफल सार्वजनिक, ४७.२६ प्रतिशत उत्तीर्ण - Himalkhabar.com

थप समाचारसोमबार, माघ ५, २०७१

कक्षा ११ को परीक्षाफल सार्वजनिक, ४७.२६ प्रतिशत उत्तीर्ण

हिमालखबर

उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । परिषदले केहिबेर अघि परीक्षाफल सार्वजनिक गरेको हो ।

परिषदका अनुसार नियमिततर्फ ४७.२६ प्रतिशत (१ लाख ६ हजार ५१७) उत्तीर्ण भएका छन् । नियमिततर्फ २ लाख २५ हजार ३७३ विद्यार्थी सहभागी भएका थिए ।

आंशिकतर्फ भने ३३.१५ प्रतिशत (४६ हजार ९३३) परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा आंशिकतर्फ १ लाख ४१ हजार ५७० विद्यार्थी सहभागी थिए ।

गत वर्ष नियमिततर्फ ४० प्रतिशत र आंशिकतर्फ ३२.९३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

यस वर्ष नियमितर्फ ७ जनाको परीक्षा स्थगित, ४३ विद्यार्थीको रद्द भएको परिषदले जनाएको छ । यस्तै, आंशिकतर्फ २९ विद्यार्थीको स्थगित र ४४ विद्यार्थीको परीक्षा रद्द भएको छ ।

परीक्षाफल थाहा पाउन www.hseb.ntc.net.np अथवा www.hseb.edu.np मा क्लिक गरेर थाहा पाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>