Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मध्य तराईमा फेरि हतियारको जगजगी - Himalkhabar.com

थप समाचारसोमबार, माघ ५, २०७१

मध्य तराईमा फेरि हतियारको जगजगी

हिमालखबर

कमलेश मण्डल, महोत्तरी

मध्य तराईमा फेरि हतियारको जगजगी१५ पुसमा महोत्तरीको हाथिलेट–७ का मंगलसिंह विश्वकर्मा (५०), बिजलपुरा–४ का शिवकुमार महतो (४०), सुन्दरपुर–१ का सरोजकुमार यादव (२१) र खैरबन्नी–५ का सुलेमान बैठा (२०) हतियार सहित पक्राउ परे । प्रहरीले उनीहरूबाट ‘मेड इन यूएसए’ लेखिएका ९ एमएमका दुई थान पेस्तोल, दुई थान म्यागजिन र चार राउण्ड गोली बरामद गरेको थियो । अनुसन्धानपछि यो समूह भारतबाट हतियार किनेर मध्य तराईका जिल्लामा बिक्री गर्ने काममा सक्रिय रहेको खुल्यो । भारत सीतामढीका हतियार व्यापारी जामुन ठाकुरबाट सम्सी नाकाहुँदै हतियार ल्याउँदै गर्दा उनीहरू समातिएका थिए ।

यसअघि १५ मंसीरमा प्रहरीले ‘मेड इन यूएसए’ लेखिएका दुई थान अत्याधुनिक पेस्तोल, दुई थान म्यागजिन र चार राउण्ड गोली सहित महोत्तरीकै सनोखराका रहमतुल्लाह नदाफ (२०), वीरेन्द्र राउत अमात, सिरहाको विसनपुर–६ का संजयकुमार यादव (१६), धनुषाको जनकपुर–८ का वाल्मीकि भगत (१६) र कृष्णकुमार चौधरीलाई पक्राउ गरेको थियो । उनीहरूले भारतको पुपरी भोगरहियाका पिंकु यादवको हतियार ढुवानी गर्ने काम गर्दै आएको प्रहरीको दाबी छ ।

मध्य तराईमा फेरि हतियारको जगजगीमेड इन यूएसए, इटली, इजरायल आदि लेखिएका यस्ता हतियार सीमावर्ती बजार मुजफ्फरपुर, मुगेर, बेतिया, सीतामढी, दरभंगा, मधुवनी, जयनगर लगायतका ठाउँमा बन्ने गरेको प्रहरी स्रोत बताउँछ । मध्य तराईका जिल्लाहरूमा बढ्न थालेका अपहरण, हत्या र धम्कीका घटनामा यिनै हतियारको प्रयोग भइरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

अञ्चल प्रहरी कार्यालय, जनकपुरका अनुसार पछिल्लो तीन वर्षमा मध्य तराईका तीन जिल्ला धनुषा, महोत्तरी र सर्लाहीमा हातहतियार तथा खरखजाना मुद्दामा ११३ जनालाई पक्राउ गरिएको छ । यस अवधिमा धनुषामा ५७, महोत्तरीमा ४६ र सर्लाहीमा ४४ जनाको हत्या भएको थियो । महोत्तरी प्रहरीका एक अधिकृत भन्छन्, “महोत्तरीकै बाटो हुँदै भारतको दरभंगा, सीतामढी र मधुवनीबाट नेपालमा हतियार भित्रिइरहेका छन् ।” प्रहरीका अनुसार भारतमै पुगेर किन्दा रु.४०–५० हजार पर्ने हतियार सीमा कटाएर नेपालमा ल्याएपछि रु.१ लाखभन्दा बढीमा किनबेच हुने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक लोकेन्द्र श्रेष्ठ हतियारको तस्करी रोक्न गस्ती बढाइएको बताउँछन् । उनी भन्छन्, “हतियार ओसारपसारमा युवा र विद्यार्थीको प्रयोग भइरहेकाले अवस्था डरलाग्दो छ ।” हतियारको जगजगी बढेपछि महोत्तरी प्रहरीले खरीदकर्ताकै भेषमा सम्सी, खैरबन्नी, बथनाहा नाकाबाट ओसारपसारमा संलग्नलाई पक्राउ गर्न थालेको पनि प्रहरीले जनाएको छ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>