Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
हरेक महीना ७७ नेपाली कामदारको विदेशमा मृत्यु - Himalkhabar.com

थप समाचारसोमबार, माघ ५, २०७१

हरेक महीना ७७ नेपाली कामदारको विदेशमा मृत्यु

हिमालखबर

वैदेशिक रोजगारीका लागि विदेशिएका ४६१ नेपाली कामदारको मृत्यु भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । यस आर्थिक वर्षको ६ महीनामा ४६१ नेपाली कामदारको मृत्यु भएको हो ।

वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्यामा वृद्धि भएसँगै विदेशिएका नेपाली कामदारको मृत्युको सङ्ख्या पनि बढ्न थालेको बोर्डको भनाइ छ ।

बोर्डको तथ्यांक अनुसार ६ महीनामा मलेशियामा सबैभन्दा बढी २०७ जना नेपाली कामदारको मृत्यु भएको छ । साउदी अरबमा १२८, कतारमा ६९, दुबईमा २७, कुबेतमा १५, बहराइनमा ६ र दक्षिण कोरियामा ३ जनाको मृत्यु भएको छ ।

जापान, ओमान र रुसमा भने एक/एक जनाको मृत्यु भएको बोर्डले जनाएको छ । मृत्यु हुनेमध्ये ४५८ पुरुष र तीन जना महिला छन् ।

तथ्याङ्कअनुसार औशतमा महीनामा ७७ जना नेपालीको विदेशमा मृत्यु हुने गरेको छ । यो तथ्यांकमा रोजगारीबाहेक पढ्न र अन्य कामका क्रममा विदेशमा मृत्यु भएकाको संख्या समावेश नगरिएको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>