थप समाचारसोमबार, माघ ५, २०७१

सिरहाको लहानमा बजार तथा सडक अवरोध

हिमालखबर

सिरहाको लहानमा बजार तथा सडक अवरोधप्रहरीले आफ्नो कार्यक्रम बिथोलेको भन्दै स्वतन्त्र मधेश गठबन्धनले सिरहाको लहानबजार अवरोध गरेका छन् । लहानस्थित पशुपति आदर्श उच्च माविमा ५ माघ दिउँसो आयोजना हुने भनिएको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै गठबन्धनका कार्यकर्ताले बजार बन्द तथा सडकमा अवरोध गरेका हुन् ।

स्वतन्त्र मधेश राष्ट्र माग गर्दै आएका सीके राउतले संबोधन गर्ने कार्यक्रम प्रहरीले बिथोलेको उनीहरुको आरोप छ । राउत कार्यक्रममा नआउँदै प्रहरी र कार्यकर्ताबीच झडप भएको थियो ।

झडपको क्रममा प्रहरीले चार सेल अश्रुग्याँस प्रहार गरेको थियो । अहिले कार्यक्रमस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बसेका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...