थप समाचारमंगलबार, माघ ६, २०७१
बन्दको विरोध गर्ने र बन्द गराउने समूहबीच माइतीघरमा झडप

बन्दको विरोधमा माइतीघरमा निक्लेको र्यालीका सहभागी । तस्वीर: देवकी बिष्ट
एमाओवादी नेतृत्वको मोर्चा, वैद्य माओवादीलगायतका बन्द गराउँदै हिंडेका कार्यकर्ता र बन्दको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरिरहेको समूहबीच झडप भएको छ ।
बन्दका आयोजकहरुले विरोध गर्ने समूहमाथि ढुंगामुढा गरेका थिए । प्रहरीको हस्तक्षेपपछि अहिले झडप साम्य भएको छ ।
स्वास्थ्य मन्त्रालय पछाडि अार्मी ब्यारेकसँगैको सडकमा समेत ढुंगा हानाहान भएको थियो । त्यसक्रममा बन्दको विरोध गरिरहेका ६ जना घाइते भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
