थप समाचारमंगलबार, माघ ६, २०७१

ठाउँठाउँमा बन्दको बिरोध

हिमालखबर

धनगढीमा बन्दको बिरोध हुँदै । तस्वीरः दीपक उपाध्याय, कैलाली

धनगढीमा बन्दको बिरोध हुँदै । तस्वीरः दीपक उपाध्याय, कैलाली

एमाओवादीसहितको तीस दलीय मोर्चा लगायतले आह्वान गरेको बन्दको विभिन्न ठाउँमा बिरोध भएको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँका साथै धनगढी, बाँके कोहलपुर लगायतका ठाउँमा बन्दको बिरोधमा र्‍याली निस्किएको छ ।

अखण्ड सुदूरपश्चिम एकता समाजको अगुवाईमा बन्दको बिरोधमा सर्वसाधारण उत्रिएका छन् । धनगढीको चटकपुरबाट शुरु भएको बिरोध र्‍याली क्याम्पस रोडमा पुगेको छ ।

उनीहरुले व्यवसायीलाई पसल खोल्न आग्रह गरेका छन् ।
दीपक उपाध्याय, कैलाली

————————————————————–

बाँकेको कोहलपुरमा निस्किएको बिरोधमा र्‍याली । तस्वीरः केशव राना, बाँके

बाँकेको कोहलपुरमा निस्किएको बिरोधमा र्‍याली । तस्वीरः केशव राना, बाँके

यस्तै, बाँकेको कोहलपुरमा पनि बन्दको बिरोधमा र्‍याली निकालिएको छ । नागरिक समाजको अगुवाईमा ६ माघ बिहान बिरोध र्‍याली निकालिएका हो ।

केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...