थप समाचारमंगलबार, माघ ६, २०७१

ओलीले भने, ‘एमाओवादीले सक्कली रुप देखायो’

हिमालखबर

एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ माघ राति संविधानसभामा तोडफोड गरी बैठक बिथोलेका दल तथा तिनका नेताहरुलाई सम्झाई–बुझाई गर्ने बताएका छन्  ।

oliएमाओवादी, मधेशवादी दलहरुका कारण रातिको बैठक अवरुद्ध भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै अध्यक्ष ओलीले भने, “उग्रपन्थीलाई १२ बुँदे सहमति गर्दै यहाँसम्म ल्याइएको हो, अझै पनि प्रयास गरिन्छ ।”

संविधानसभामा भएको अमर्यादित व्यवहारबारे सुनाउँदै अध्यक्ष ओलीले भने, “पहिले सभाअध्यक्ष सुवास नेम्वाङमाथि आक्रमण गर्ने कोसिस भयो, त्यसपछि मलाई माइकले छातीमा हाने र मलाई बचाउन खोज्ने ऋषि पोखरेललाई पनि लाग्यो, त्यसपछि विद्या भण्डारीलाई पनि माइकले लाग्यो ।”

एमाओवादीले आफ्नो सक्कली रुप संविधानसभामा देखाएर फर्निचर तथा माइक भाँचेको भन्दै ओलीले थपे, “जनताका सर्वोच्च प्रतिनिधि बस्ने, छलफल गर्ने सभ्य र सु–संस्कृत थलो संविधानसभामा कस्ता मानिस आइपुगेका रहेछन्, त्यो त तपाइँहरु सञ्चारकर्मीले नै आफ्ना क्यामरामा कैद गर्नुभएको होला ।”

अध्यक्ष ओलीले जनताको प्रतिनिधित्व गर्ने पार्टी हुँ भन्नेहरु, परिवर्तनका संवाहक हुँ भन्नेहरुले तर्क र बहस छोडेर संविधानसभा मै मान्छेलाई ताकेर प्रहार गरेको काम अत्यन्तै अप्रिय तथा लज्जाजनक भएको धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...