डिभिजन टुः नेपालको राम्रो प्रदर्शन, करण चम्किंदा क्यानडा दबाबमा
आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ । नामिबियाको विन्डहोकमा क्यानडाविरुद्ध खेलिरहेको नेपालले ११औं ओभरमै पाच विकेट लिएको छ ।
नेपालका लागि करण केसीले महत्वपूर्ण चार विकेट लिएका छन् । सोमपाल कामीले एक विकेट चट्काए ।
नेपाली बलर चम्किएपछि क्यानडा दबाबमा खेलिरहेको छ ।
दुई ओभर बलिङ गरेका पारस खड्काद्वारा दुई मेडन
बसन्त रेग्मीको पनि मेडन
————————————————————-
आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले राम्रो शुरुवात गरेको छ । नामिबियाको विन्डहोकमा क्यानडाविरुद्ध खेलिरहेको नेपालले चार विकेट लिएको छ ।
नेपालका लागि करण केसीले ३ र सोमपाल कामीले एक विकेट लिए ।
—————————————————
डिभिजन टु क्रिकेटः नेपालको राम्रो शुरुवात, क्यानडाको चौंथो विकेट झर्यो
आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा क्यानडाविरुद्ध खेलिरहेको नेपालले राम्रो शुरुवात गरेको छ । नामिबियाको विन्डहोकमा चलिरहेको खेलमा नेपालले तीन विकेट लिएको छ ।
नेपालले पहिलो र तेस्रो ओभरमा विकेट झारेको छ । सोमपाल कामीले पहिलो ओभरमा एक विकेट लिए भने करण केसीले तेस्रो ओभरमा लगातार दुई विकेट चट्काए ।
———————————————————————-
नेपाल र क्यानडा भिड्दै, करण केसी ह्याट्रिक नजिक, लगातार दोस्रो विकेट झारे
आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले क्यानडाको सामना गरिरहेको छ । नामिबियाको विन्डहोकमा चलिरहेको खेलमा नेपालले राम्रो शुरुवात गरेको छ ।
नेपालले पहिलो ओभरमै एक विकेट लिएको छ । सोमपाल कामीले क्यानडाका नितिश कुमारलाई शुन्य रनमा आउट गरे ।
प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेदरल्याण्डसलाई हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ ।