खेलकुदमंगलबार, माघ ६, २०७१

क्यानडाद्वारा नेपाललाई ११५ रनको लक्ष्य

हिमालखबर

डिभिजन टुः नेपालको राम्रो प्रदर्शन, क्यानडा दबाबमा

आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले जीतका लागि ११५ रनको लक्ष्य पाएको छ । नामिबियाको विन्डहोकमा चलिरहेको खेलमा ४९.२ ओभरमा अलआउट हुँदै क्यानडाले ११४ रन बनायो ।

वानडे विश्वकप खेलिसकेको क्यानडालाई रोक्ने क्रममा सबै नेपाली बलरले कसिलो बलिङ गरेका थिए । नेपालका लागि करन केसीले महत्वपूर्ण पाँच विकेट लिए । १० ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै २६ रन खर्चिए ।

कप्तान पारस खड्काले १० ओभर बलिङ गर्दै एक विकेट लिए । दुई मेडन बलिङ गरेका उनले १७ रन मात्र खर्च गरे ।

पहिलो ओभरमै विकेट खसाएका सोमपाल कामीले दुई विकेट लिए । १० ओभरमा दुई मेडन राखेका उनले २८ रन दिए ।

बसन्त रेग्मीले १० ओभर बलिङ गरेर एक मेडन राख्दै २४ रन खर्चिए । सागर पुन र शक्ति गौचनले एक–एक विकेट आफ्नो नाममा लेखाए ।

नेपाली बलरहरुले शुरुवातमा कसिलो बलिङ गरेपछि क्यानडाली ब्याट्सम्यानले टिकेर खेलेका थिए ।

केहिबेरमै नेपालले जबाफी ब्याटिङ गर्दैछ । नेदरल्याण्डसलाई २ विकेटले जितेको नेपाल क्यानडालाई पनि हराएर महत्वपूर्ण अंक बटुल्ने दाउमा छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>