Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
डिभिजन टु क्रिकेटः नेपाल जीत नजिक - Himalkhabar.com

खेलकुदमंगलबार, माघ ६, २०७१

डिभिजन टु क्रिकेटः नेपाल जीत नजिक

हिमालखबर

डिभिजन टु क्रिकेटः नेपाल जीत नजिकआईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले उत्कृष्ट ब्याटिङ गरिरहेको छ । नामिबियामा चलिरहेको खेलमा क्यानडाविरुद्ध नेपाल जीत नजिक पुगेको छ ।

कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट साझेदारी गरिरहेका छन् । उनीहरुले लगातार चौका र छक्का हानिरहेका छन् ।

क्यानडाले दिएको ११५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले शुरुवातमै दुई विकेट गुमाएको थियो । नरेश बुढाएर र सुवास खकुरेल रन नै नबनाइ आउट भएका थिए ।

——————————————————————————————-

नेपाल क्यानडाले दिएको ११५ रनको लक्ष्य पछ्याउँदै

 

नेपाल क्यानडाले दिएको ११५ रनको लक्ष्य पछ्याउँदैआईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले जबाफी ब्याटिङ गरिरहेको छ । क्यानडाले दिएको ११५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले शुरुवातमै झड्का व्यहोरेको छ ।

नरेश बुढाएर र सुवास खकुरेल रन नै नबनाइ आउट भएका छन् ।

—————————————————————–

क्यानडाद्वारा नेपाललाई ११५ रनको लक्ष्य

डिभिजन टुः नेपालको राम्रो प्रदर्शन, क्यानडा दबाबमा

आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले जीतका लागि ११५ रनको लक्ष्य पाएको छ । नामिबियाको विन्डहोकमा चलिरहेको खेलमा ४९.२ ओभरमा अलआउट हुँदै क्यानडाले ११४ रन बनायो ।

वानडे विश्वकप खेलिसकेको क्यानडालाई रोक्ने क्रममा सबै नेपाली बलरले कसिलो बलिङ गरेका थिए । नेपालका लागि करन केसीले महत्वपूर्ण पाँच विकेट लिए । १० ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै २६ रन खर्चिए ।

कप्तान पारस खड्काले १० ओभर बलिङ गर्दै एक विकेट लिए । दुई मेडन बलिङ गरेका उनले १७ रन मात्र खर्च गरे ।

पहिलो ओभरमै विकेट खसाएका सोमपाल कामीले दुई विकेट लिए । १० ओभरमा दुई मेडन राखेका उनले २८ रन दिए ।

बसन्त रेग्मीले १० ओभर बलिङ गरेर एक मेडन राख्दै २४ रन खर्चिए । सागर पुन र शक्ति गौचनले एक–एक विकेट आफ्नो नाममा लेखाए ।

नेपाली बलरहरुले शुरुवातमा कसिलो बलिङ गरेपछि क्यानडाली ब्याट्सम्यानले टिकेर खेलेका थिए ।

केहिबेरमै नेपालले जबाफी ब्याटिङ गर्दैछ । नेदरल्याण्डसलाई २ विकेटले जितेको नेपाल क्यानडालाई पनि हराएर महत्वपूर्ण अंक बटुल्ने दाउमा छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>