थप समाचारबुधबार, माघ ७, २०७१

नयाँ बानेश्वरमा तीन डिआइजीको नेतृत्वमा सुरक्षा

हिमालखबर

BICCसंविधानसभा भवन आसपासमा विभिन्न समूहको धर्ना र विरोधसँगै अराजक गतिविधि बढ्न थालेको भन्दैसरकारले त्यसक्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको छ ।

संविधानसभा भवन, नयाँ बानेश्वर क्षेत्रमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीन नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालित भएका छन् । उक्त क्षेत्रमा हिंडडुलगर्ने र भेला हुनेमाथि निगरानी राखिएको छ ।

गृह मन्त्रालयको एकीकृत सुरक्षा योजना अनुसार उनीहरूलाई परिचालन गरिएको हो ।

संविधानसभा भित्रै पनि डीआईजीको नेतृत्वमा ठूलो संख्यामा मर्यादापालकहरु खटिएका छन् ।

५ माघ राति संविधानसभा बैठकमा एमाओवादी मोर्चाका सभासदहरुले तोडफोड र अन्य नेतामाथि आक्रमण गरेपछि त्यहाँको सुरक्षा व्यवस्था बढाइएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...