खेलकुदबुधबार, माघ ७, २०७१

नेपाललाई नामिबियाद्वारा १४३ रनको लक्ष्य

हिमालखबर

नेपाललाई नामिबियाद्वारा १४३ रनको लक्ष्यआईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आफ्नो चौंथो खेलमा १४३ रनको लक्ष्य पाएको छ । नामिबियामा जारी खेलमा आयोजक नामिबियाले नेपालसामु १४३ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेपछि ब्याटिङ गरेको नामिबियाले ४९.१ मा अलआउट हुँदै १४२ रन मात्र बनायो । नेपाली बलरले कसिलो बलिङ गरेपछि शुरुवातदेखि नै नामिबियाको ब्याटिङलाइन धरमराएको थियो ।

करन केसीले नामिबियाविरुद्ध पनि उत्कृष्ट खेल प्रदर्शन गरे । क्यानडाविरुद्ध ६ माघमा ५ विकेट लिएका उनले आज पनि तीन विकेट लिए । ३७ बलमा उनले एक मेडन राख्दै १२ रन मात्र खर्चिए ।

सोमपाली कामीले २ विकेट लिए । १० ओभरमा उनले एक मेडनसहित ४१ रन दिए ।

१० ओभर नै बलिङ गरेका शक्ति गौचनले २ विकेट लिए । उनले दुई मेडन राख्दै २२ रन खर्चिए ।

बसन्त रेग्मीले दुई विकेट लिए । उनले ८ ओभरमा २३ रन दिए ।

कप्तान पारस खड्काले ६० बलमा १९ रन दिएर तीन मेडन राखे ।

नेपालले केहीबेरमै जबाफी ब्याटिङ गर्दैछ । जारी प्रतियोगितामा दुई खेल जित्दै चार अंकसहित नेपाल दोस्रो स्थानमा छ ।

तीन खेल जितेको नामिबिया ६ अंक सहित पहिलो स्थानमा छ । नामिबियालाई हराएमा नेपालको डिभिजन एकमा पुग्ने संभावना छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>