थप समाचारबुधबार, माघ ७, २०७१
एकै व्यक्तिद्वारा विद्यालयलाई ५० लाख दान
–विद्रोही गिरी, नवलपरासी

विद्यालयलाई रु.५० लाख दान दिने घनश्याम पाण्डे अभिनन्दन भएपछि । साथमा उनकी श्रीमती रक्षा । तस्वीरः विद्रोही गिरी
नवलपरासीको देउरालीस्थित नेपाल शान्ति माध्यमिक विद्यालयको स्तरोन्नतिका लागि एकै व्यक्तिले रु.५० लाख दान गरेका छन् । नवलपरासीको रकुवामा जन्मिएका घनश्याम पाण्डेले आफ्ना बुबा कमलपाति र दाजु ध्रुवनारायणको सम्झनामा रकम प्रदान गरेका हुन् ।
पाण्डेले आफूले घर बनाउने रकम विद्यालयलाई सहयोग गरेको बताए । विद्यालयले २ माघदेखि मनाइरहेको रजत महोत्सवको अवसरमा उनले दान गरेका हुन् ।
विद्यालयलाई रु.७० लाख भन्दा बढी रकम सहयोग प्राप्त भइसकेको प्रधानाध्यापक लालचन्द लामिछानेले बताए । सबैभन्दा बढी चन्दा दिने पाण्डेलाई भने विद्यालय परिसरमा हात्ती सफारी गराइएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
