थप समाचारबिहीबार, माघ ८, २०७१

बाहिरिंदै गर्दा ओलीले भने, ‘देशले दुःख पाउने भयो’

हिमालखबर

एमाले अध्यक्ष एवम् सभासद केपी ओली संविधानसभा बैठकबाट बाहिरिएका छन् । बाहिरिदै गर्दा उनले देशले थप दुःख पाउने अवस्था आएको बताए ।
एमाओवादी र मधेशी मोर्चाका सभासदले  अवरुद्ध पारेको संविधानसभा बैठकबाट बाहिरिएका एमाले अध्यक्ष केपी ओलीले देशले थप दुःख पाउने अवस्था आएको बताएका छन् ।
बाहिरिंदै गर्दा ओलीले एमाओवादीले संविधान बनाउन नचाहेको आरोप भन्दै थपे, “माओवादीजस्तो दल संविधानसभामा भएपछि, देशले दुःख त पाउने नै भो नि,”
संविधानसभा भन्दा बाहिर रहेका संविधान विरोधीसँग मोर्चाबन्दी गरेको एमाओवादीले संविधान बन्न नदिएर देश र जनतालाई थप दुःख दिन खोजेको ओलीले आरोप लगाए ।

झलनाथ खनाल
एमाओवादी र मधेशकेन्द्रित दलहरुले अवरोध गरिरहेकै बेला एमाले वरिष्ठ नेता झलनाथ खनाल पनि बाहिर आएका छन् ।
उनले दलहरुबीच असहमति कायमै रहेकोले प्रक्रियामा गएर मतदानबाटै संविधान जारी गरने बताए ।
उनले भने, “हामी जसरी भए पनि प्रक्रियालाई अघि बढाउँछौं । हामी संविधान ल्याउँछौं । जस्तासुकै अवरोध र व्यवधानलाई लोकतान्त्रिक तरिकाले व्यवस्थापन गर्दै चाँडै संविधान ल्याउँछौं ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>