थप समाचारबिहीबार, माघ ८, २०७१
बैठक अवरोध गर्नेहरुको नारा रहस्यपूर्णः पौडेल
संविधानसभाको बैठकमा अवरोध गर्ने एमाओवादी र मधेशकेन्द्रित दलका सभासदहरुले ‘संविधानसभाको हत्या गर्न पाइँदैन’ भन्ने नारा लगाउनु रहस्यपूर्ण भएको बताए ।
पौडेलले भने, “हामी संविधानसभाबाट संविधान जारी गर्न, यसको मर्यादा कायम राख्न र यसको रक्षाका लागि कटिबद्ध हुँदाहुँदै पनि केही सभासदहरुले त्यस्तो नारा किन लगाइरहेका छन्, त्यो रहस्यपूर्ण छ ।” उनले नारामै कतै षडयन्त्र त छैन भन्ने शंका लागेको बताए ।
यद्दपी उनले आफूहरुले संविधानसभामाथि हुने षडयन्त्रलाई परास्त गर्ने बताए । उनले अहिलेसम्म एमाओवादी र मधेशकेन्द्रित दलहरुसँग वार्ता हुने आवश्यकता र सम्भावना नरहेको बताए ।
उनले भने, “हामीले संविधानसभा अध्यक्षलाई प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छौं, कसरी अघि बढाउने भन्ने उहाँकोे कुरा हो ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
