रमझमबिहीबार, माघ ८, २०७१

राजधानीमा थारु संस्कृति

हिमालखबर

 अनामनगरस्थित थारु भिलेज रिसोर्ट एण्ड बारमा झुम्रा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्वीर:देबकी बिष्ट


अनामनगरस्थित थारु भिलेज रिसोर्ट एण्ड बारमा झुम्रा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्वीर:देबकी बिष्ट

पहिलो संविधानसभाका बेला थरुहट प्रदेशको नाममा आन्दोलन गरेर चर्चा कमाएका लक्ष्मण थारु त्यसपछि पनि कम चर्चित रहेनन्।

माओवादी सशस्त्र संघर्षमा हुँदा ब्रिगेड कमिसार हुँदै कैलाली जनसरकार प्रमुख समेत भएका थारुले २०६४ सालमा माओवादी छाडे। २०६८ मा उनले थरुहट पार्टी खोले। २०७० मा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) प्रवेश गरे।

दोस्रो संविधानसभा निर्वाचनमा कैलाली ६ बाट पराजित भएयता भने गुमनाम जस्तो भएका थिए। उनै ३९ वर्षीय लक्ष्मण थारुले राजधानीको बिजुलीबजारमा ‘थारु भिलेज होटल एण्ड रेस्टुरेन्ट’ खोलेका छन्, जसको उद्घाटन १९ मंसीरमा उपराष्ट्रपति परमानन्द झाबाट भयो।

करीब रु.१ करोडको लगानीमा खोलेको यो होटल राजधानीमा ‘थारु बुझ्ने थलो’ हुने लक्ष्मणले बताए। होटलमा थारु समुदायका परम्परागत परिकारहरु पाइन्छन्। होटललाई ‘विशेष’ बनाउन थारु समुदायका पोशाक, गहना र कलासंस्कृतिले सजाइएको छ।

Tharuभिलेजमा हरेक शुक्रबार र विशेष अवसरहरुमा थारु नृत्य देखाइन्छ। विजय गच्छदार, महन्थ ठाकुर लगायतका राजनीतिकर्मी र अन्य उच्च पदस्थहरु नियमित ग्राहक बनेको लक्ष्मण बताउँछन्।

होटल खोले पनि आफूले राजनीति नछाडेको बताउँदै उनले भने “नेता भएर मागेर खाने चलन हटाउन व्यवसायमा हात हालेको हुँ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>