अर्थ/बजारबिहीबार, माघ ८, २०७१
इलाममा रु १८ करोडको चिज बिक्री
इलाममा गत एक वर्षमा करिब रु १८ करोडको चिज बिक्री भएको छ ।
गाईको दूधबाट बनाइएको चीज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री भएको हो ।
जिल्लामा खुलेका निजी तथा सरकारी गरी २४ वटा चीज कारखानामा वार्षिक ४५ लाख २० हजार ४४८ लिटर दूध खपत भएकोे छ । उक्त चीज रु १८ करोडको चीज बिक्री भएको जिल्ला पशुसेवा कार्यालयका प्राविधिक डिकबहादुर कार्कीले जानकारी दिए । इलाममा एकवर्षको अवधिमा ५ लाख १ हजार किलो चीज उत्पादन भएको थियो ।
जिल्लाको रक्से, नयाँबजार र पशुपतिनगरमा सरकारी स्वामित्वका चिज कारखाना छन् । यसका अतिरिक्त सुलुबुङ, नयाँबजार, लक्ष्मीपुर र सूर्योदय नगरपालिकामा चीज कारखाना स्थापना भएका छन् ।
नेपाल आउने पर्यटकले औधी मन पराउने चिजको माग स्वदेशमा भन्दा विदेशमा बढी हुने गरेको नयाँबजार चिज उत्पादन केन्द्रका गणेश पुरीले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>