खेलकुदबिहीबार, माघ ८, २०७१
विश्व लिग क्रिकेट: नेपालले केन्याको सामना गर्ने
आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईको छनोट चरणको अन्तिम खेलमा ९ माघमा नेपालले केन्याको सामना गर्दै छ ।
नामिबियाको राजधानी विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लबको मैदानमा हुने सो प्रतियोगितामा नेपालले विश्वकपको अनुभव बटुलेको केन्यासँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले केन्याविरुद्धको खेलमा जित हासिल गरे डिभिजन एकमा प्रवेश मात्र गर्दैन नेपाली क्रिकेटमा नयाँ इतिहाससमेत रच्नेछ ।
जारी प्रतियोगितामा यसअघि चार खेल खेलेको नेपालले तीन खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । नेपालले प्रतियोगिताको पहिलो खेलमा खराब शुरुवात गरेता पनि त्यसपछिको खेलमा भने उत्कृष्ट खेल प्रदर्शन गर्दै लगातार जित हासिल गर्दै आएको छ ।
पहिलो खेल युगान्डासँग दुई रनले पराजित भएको नेपाल दोस्रो खेलमा चार पटक विश्वकप खेलिसकेको नेदरल्यान्ड्सलाई २ विकेटले पराजित गर्दै नेपाली क्रिकेट इतिहासमा सबैभन्दा ठूलो उपलब्धिसमेत हासिल गर्यो ।
त्यस्तै, तेस्रो खेलमा क्यानाडालाई ७ विकेट र चौथो खेल आयोजक नामिबियालाई ३ विकेटले पराजित गर्दै नेपालले जित हासिल गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
