थप समाचारबिहीबार, माघ ८, २०७१
अवैध सुनसहित दुई पक्राउ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । अवैध रुपमा भन्सार छलेर लुकाइछिपाइ राखेको १ केजी ८.७५ ग्राम सुनसहित दुई जना पक्राउ परेका हुन् ।
काठमाडौंको नागार्जुन नगरपालिका–२ बाट ७ माघमा दुई जनालाई पक्राउ गरेको सीआईबीले जनाएको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–२ की सिंगजोम तामाङ र लाक्पा तामाङ छन् ।
प्रहरीले उनीहरुको साथबाट रु.४ लाख ३८ हजार र हङकङ डलर १६६० समेत बरामद गरेको छ । दुवै जनालाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पुल्चोकमा पठाइएको सीआईबीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
