Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
संविधान बनाउन बैठक अवरुद्ध हैन क्रियाशिल पार्नु पर्छः सभाध्यक्ष नेम्वाङ - Himalkhabar.com

थप समाचारशुक्रबार, माघ ९, २०७१

संविधान बनाउन बैठक अवरुद्ध हैन क्रियाशिल पार्नु पर्छः सभाध्यक्ष नेम्वाङ

हिमालखबर

subash nembang devaki (128)८ माघमा दोस्रो पटक राति पौने नौ बजे शुरु भएको संविधानसभा बैठक एमाओवादी र मधेशी मोर्चाका सभासदहरुले लगातार तीन घण्टासम्म अवरुद्ध गरेपछि सभाध्यक्ष सुवास नेम्बाङले शुक्रबार ९ माघ, १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरेका छन् ।

बैठक स्थगित भएको घोषण सँगै उनले संविधानसभाको बैठकमा अवरोध गर्नु जनादेश, नेपालको अन्तरिम संविधान र संविधानसभा नियमावलीको प्रतिकुल रहेको बताए ।

दलहरुबीच सहमतिका लागि आफूले अथक प्रयास गर्दा पनि सहमति हुन नसकेपछि वाध्यभएर संविधानसभा नियमावली अनुसार विधि प्रक्रिया अनुसार संविधानसभाको कार्वाही अगाडि बढाउन खोजेको बताए ।

संविधानसभा बैठकमा हो–हल्लाबीच अध्यक्ष नेम्वाङले सभासदहरुलाई गरेको सम्बोधन:
“संविधानसभाबाट एक वर्षभित्र संविधान जारी गर्ने राजनीतिक दलको घोषणामार्फत जनतासमक्ष गरेको कबुल र संविधानसभाबाट व्यक्त प्रतिबद्धताको आज अन्तिम घडीमा हामी पुगिसकेका छौं । यस्तो असहज र विशेष परिस्थितिमा संविधानसभाभित्र रहेका राजनीतिक दलहरूका बीचमा आपसी सद्भाव, समझदारीको वृद्धि भई व्यक्त प्रतिबद्धतालाई मूर्त रूप दिने कार्यमा कम्मर कस्नुपर्ने समयमा संविधानसभा अवरुद्ध छ ।

दलहरूबीच झनै तिक्तता तथा सद्भाव र समझदारीमा देखिएको रिक्तताले संविधानसभाको मर्यादा र गरिमामा आँच पुग्न गएको मैले महसुस गरेको छु । प्रतिबद्धताका बाबजुद एक वर्षको समयावधिभित्र संविधान निर्माण हुन नसकेकोमा म अत्यन्त मर्माहत र दुखित छु ।

संविधानतः जनताबाट चार वर्षका लागि निर्वाचित भएको यस संविधानसभाबाट संविधान निर्माणका लागि आजको दिन अन्तिम होइन र हुन पनि सक्दैन, तापनि राजनीतिक दलका नेताज्यूहरूले जनता र विश्वका सामु गरेको प्रतिबद्धता, नैतिकता र इमानदारिताको कसीमा अमूल्य र अचुक रहनुपर्ने हुन्छ ।

त्यसो हुन नसकेकामा जनता र विश्वले हामीलाई नकारात्मक दृष्टिबाट हेर्ने र हाम्रो विश्वसनीयताप्रति सदैव आशंका रहिरहने हुन्छ । यसतर्फ हामी सबैको गम्भीर ध्यान जानुपर्नेमा सो हुन नसकेको प्रस्ट छ । यसले मलाई निकै गम्भीर र संवेदनशील बनाएको छ ।

संविधानसभाको अध्यक्षको हैसियतले सदैव मैले संविधानसभाभित्र र बाहिर रहेका दल र दलका नेताहरूसहित सबैमा सहिष्णुता, सद्भाव र सहकार्यमा जोड दिँदै सहमतिमा नै राष्ट्रको मूल कानुन निर्माण होस् भन्ने प्रयास गर्दै आइरहेको कुरा यहाँहरू सबैलाई विदितै छ । जस्तोसुकै विषम परिस्थितिमा पनि मैले सहमति र सहकार्यको अपेक्षा गरी नै रहेको तथ्य विगत र वर्तमानको कामकारबाहीबाट जगजाहेर नै छ ।

तर, मेरो त्यो सदिच्छा र सतप्रयासका बाबजुद पनि राजनीतिक दलका बीचमा विषय तथा प्रक्रियामा सहमति हुन नसकेपछि मैले बाध्य भएर संविधानसभा नियमावलीले निर्धारण गरेको संविधान निर्माणको प्रक्रियाको प्रारम्भ गर्न चाहेको छु । यसबाट निश्चित समयमा संविधान बन्ने सुनिश्चितता हुन्छ भन्ने मेरो विश्वास छ ।

प्रक्रियामा जाँदा पनि सहमति र सहकार्यका अवसर र सम्भावना कायमै रहन्छ जसको उपयोगबाट सहमति र सहकार्यमा नै संविधान जारी हुन सक्ने अवस्था अझै जीवन्त र सशक्त रहेको मेरो बुझाइ छ ।

त्यसैले हामी सबैले गरेको प्रतिज्ञा र प्रतिबद्धताअनुरूप संविधानसभाको कार्यक्रम सुचारु रूपले सञ्चालनमा सबै राजनीतिक दलहरूबाट मैले सहयोग र समर्थन प्राप्त गर्ने आशा र विश्वास लिएको छु । यसले जनतामा संविधानसभाप्रति केही मात्रामा भए पनि आशा र विश्वास जगाउनेछ ।

नेपाली जनताले अपेक्षा गरेको संविधानको निर्माण संविधानसभाको एकमात्र कार्यभार हो । उक्त कार्यभार सम्पन्न गर्न संविधानसभालाई अवरुद्ध गरेर होइन, क्रियाशील गराएर मात्र सकिने प्रस्ट छ ।

संविधानसभाको अवरोध नेपालको इतिहासमा पहिलोपटक भइरहेको छ र यो अवरोधले सहमति तथा सबै प्रकारका विधिसम्मत प्रक्रियालाई निषेध गर्छ । अवरोध संस्कृतिको रूपमा स्थापित भएमा संविधानसभाबाट संविधान नबन्ने प्रस्ट छ । विगतमा अनेकौं असहज परिस्थितिमा पनि संविधानसभालाई अवरुद्ध हुन नदिएको यथार्थलाई सबैले स्मरण गर्न जरुरी छ ।

संविधानसभा अवरुद्ध हुने कार्य नेपाली जनताको जनादेश, नेपालको अन्तरिम संविधान २०६३ र संविधानसभा नियमावली २०७० को प्रतिकूल छ । यो संविधानसभाको सर्वोच्चता र स्वायत्ततताको विरुद्ध छ । यस कार्यले संविधानसभाको गरिमा र मर्यादालाई निरन्तर कमजोर पार्ने भएकाले यो कार्य तत्काल अन्त्य गरी बैठक सूचारु गरी आफ्ना सरोकारहरू विधिसम्मत प्रक्रियाबाट अभिव्यक्त गर्न म सबै माननीय सदस्यहरूलाई विनम्रतापूर्वक अनुरोध गर्दछु ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>