Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
घुस लिँदै गर्दा डिएसपी पक्राउ - Himalkhabar.com

थप समाचारशुक्रबार, माघ ९, २०७१

घुस लिँदै गर्दा डिएसपी पक्राउ

हिमालखबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा विचाराधीन मुद्दासँग सम्बन्धित जग्गा खाली गराउन विपक्षीसँग घुस लिइरहेको अवस्थामा एक प्रहरी अधिकारीलाई पक्राउ गरेको छ।

राजधानीको मीनभवनस्थित उक्त जग्गाबाट जग्गाधनीलाई हटाउन ५० हजार रुपैयाँ घुस लिएको आरोपमा ८ माघ अख्तियार टोलीले महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी प्रमुख डिएसपी रमेश तामाङलाई नयाँबानेश्वरबाट पक्रेको हो।

अख्तियार स्रोतका अनुसार लिलाम बढाबढमा जग्गा सकार्ने रामकृष्ण हुमागाईंले पहिल्यै अख्तियार टोलीलाई जानकारी दिएर तामाङलाई एभरेस्ट होटलमा बोलाएका थिए । हुमागाईंसँगै बसिरहेका बेला अख्तियार टोलीले पैसासहित तामाङलाई पक्राउ गरेको थियो।

मीनभवन क्याम्पसमा रहेको करिब २२ करोड रुपैयाँ बराबरको ७२ आना जग्गाको विवाद जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । भूमाफियाले आफूलाई झुक्याएर जग्गा नामसारी गराएको भन्दै जग्गाधनी गणेश अवालेले दायर गरेको मुद्दामा अदालतले अन्तिम फैसला नआएसम्म कुनै काम–कारबाही अगाडि नबढाउन आदेश दिएको छ ।

सोही जग्गामा बसिरहेका अवाले परिवारलाई हटाउन हुमागाईंले नयाँबानेश्वर वृत्तमा निवेदन दिएका थिए । उनले आफूले दिएको निवेदन कार्यान्वयन नगरी कार्यालय प्रमुखले पैसा मागेको जानकारी गराएपछि अख्तियारकै योजनामा तामाङलाई पैसा लिन बोलाइएको थियो ।

जानकारस्रोतका अनुसार अदालतले केही नगर्न आदेश दिए पनि हुमागाईंको निवेदनअनुसार वृत्तका प्रहरी मंगलबार बिहान अवालेका बाबु–छोरालाई पक्राउ गर्न मीनभवन पुगेका थिए ।

तर, अवाले परिवारमाथि अन्याय भएको भन्दै स्थानीयबासी र मीनभवन कजेलका विद्यार्थीले अवरोध गरेपछि प्रहरी फर्किएको थियो । अवाले परिवारका अनुसार अदालतबाट अन्तिम फैसला नआउँदै जग्गा खाली गर्न पटक–पटक फोनमा धम्की आइरहेको छ ।

नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>