थप समाचारशुक्रबार, माघ ९, २०७१
रौतहटमा सुरक्षागार्डमाथि गोली प्रहार
रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडका सुरक्षागार्डमाथि गोली प्रहार भएको छ । उद्योगमा सुरक्षा दिइरहेका सुरक्षागार्डमाथि ८ माघ राति गोली प्रहार भएको हो ।
गोली प्रहारबाट बाराको सिमरा घर भएका सुरक्षागार्ड पुन्यप्रसाद पौडेल घाइते भएका छन् । उनको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी विदुर खड्काले जानकारी दिए ।
उनले घटनामा संलग्नको खोजी भइरहेको बताए ।
सञ्जय साह, रौतहट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
