थप समाचारशुक्रबार, माघ ९, २०७१

पाइलटको फोटोग्राफी (तीस तस्वीर)

हिमालखबर

ऋषिराम कट्टेल

अष्ट्रेलिया, अमेरिका, भारत र हंगेरीमा वर्षौं हेलिकोप्टर उडाएका स्टेभन ब्रुस बोकनसँग चार वर्षअघि नेपाल आउँदा एउटै रहर थियो, पहाड र हिमाली क्षेत्रमा रोमाञ्चक उडान गर्ने। पाइलट प्रशिक्षक समेत रहेका उनका लागि चुनौती भनेको यहाँको भूगोल र हावापानी मात्र थियो।

साढे तीन वर्ष फिस्टेल एअरको हेलिकोप्टर उडाएपछि भने उनमा अर्को रहर थपियो, त्यस अवधिमा खिचेका सुन्दर तस्वीरहरू संसारलाई देखाउने। “फोटो त पहिले पनि फाट्टफुट्ट खिच्थे तर नेपालका लोभलाग्दा पहाड, हिमाल, मान्छे र जीवनशैलीले लत नै बसायो”, १८ वर्षदेखि हेलिकोप्टर उडाउँदै आएका क्याप्टेन स्टेभन भन्छन्, “अनि तिनलाई संसारसामु पेश पनि गर्नै पर्‍यो।”

अष्ट्रेलियाको सिड्नी घर भएका स्टेभनले नेपाली आकाशबाट २६ हजार भन्दा बढी तस्वीर खिचेका छन्। तीमध्ये अधिकांश तस्वीर लाङटाङ, पोखरा, जोमजोम, खुम्बु क्षेत्र, चुम उपत्यका, सिमकोट जस्ता पर्यटकीय क्षेत्रका छन्। पर्वतारोहीको जीवन र उद्धारका जोखिमलाई पनि तस्वीरमा समेटेका उनले प्राकृतिक सुन्दरता मात्र होइन, यहाँका जनजीवन पनि उत्ति नै खिचेका छन्। दुई वर्षअघि सोलुखुम्बुकी डोल्मा शेर्पासँग विवाह गरेका उनी ससुराली देशको सुन्दरता बयान गरेर थाक्दैनन्।

हाल मनाङ एअरमा आबद्ध स्टेभन नेपालकै तस्वीर समेटिएको फोटो संग्रह निकाल्ने तयारीमा छन्। भन्छन्, “मेरा फोटाहरूले उडान र सोख मात्र होइन विदेशमा नेपाल चिनाउन पनि सहयोग गर्नेछ।”

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>