खेलकुदशुक्रबार, माघ ९, २०७१
नेपालद्वारा केन्यासामु १९५ रनको लक्ष्य प्रस्तुत
आईसीसी विश्व क्रिकेट लिग डिभिजन वानमा पुग्नका लागि निर्णायक खेल खेलिरहेको नेपालले केन्यालाई १९५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै १९४ रन बनायो ।
ज्ञानेन्द्र मल्लले ७ चौकाको मद्दतमा नटआउट ९१ रनको योगदान गरे । पाचौं नम्बरमा आएका उनले नेपाली ब्याटिङ सुधारेका थिए ।
कप्तान पारस खड्काले २०, शरद भेष्वाकरले १८, विनोद भण्डारीले १६, सागर पुनले ४ रन जोडे ।
शक्ति गौचन ८, सोमपाल कामी ४ र सुवास खकुरेल २ रनमा आउट भए । नरेश बुढाऐर र करण केसीले रन नै जोड्न पाएनन् ।
नेट रनरेटका आधारमा प्रतियोगितामा दोस्रो स्थानमा रहे पनि डिभिजन वानमा पुग्ने संभावना गणितीय आधारमा अन्य टीमको कायमै रहेकाले नेपाललाई आज जित्नुपर्ने दबाब छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
