थप समाचारशुक्रबार, माघ ९, २०७१
सत्ता र मोर्चा पक्षको झडपमा आधा दर्जन घाइते
सत्ता पक्ष र एमाओवादीका मोर्चाबीच सप्तरीमा झडप हुँदा आधा दर्जन नेता तथा कार्यकर्ता घाइते भएका छन् । छुट्टाछुट्टै ¥यालीपछि कोणसभा गर्ने क्रममा झडप भएको हो ।
झडपमा मधेशी जनअधिकार फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र साह, सद्भावनाका विद्यार्थी संगठन विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोरकुमार यादव, एमाओवादीका हरीनारायण महतो, फोरम नेपालका युवा नेता केदार यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका विद्यार्थी नेता बिन्देश्वर यादव घाइते भएका छन् ।
झडपबाट कांग्रेस एमालेका कार्यकर्ता पछि हटेपनि मोर्चाका कार्यकर्ता नरोकिएपछि प्रहरीको लाठी चार्जबाट उनीहरु घाइते भएका थिए । मोर्चाको भीड अनियन्त्रित भएपछि प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
