खेलकुदशुक्रबार, माघ ९, २०७१

अधुरै रह्यो सपना, नेपाल डिभिजन–२ मै कायम

हिमालखबर

अधुरै रह्यो डिभिजन वान सपनाआईसीसी विश्व क्रिकेट लिग डिभिजन वान खेल्ने नेपाली सपना नजिकै पुगेर पनि साकार हुन सकेन । डिभिजन–२ अन्तर्गत पाँचौं तथा आफ्नो अन्तिम खेलमा केन्यासँग हारेपछि नेपाल नेट रनरेटको आधारमा डिभिजन वान पुग्नबाट बञ्चित भएको हो ।

डिभिजन वानमा पुग्ने नेपाली सपनामा केन्या तगारो बन्यो । नामिबियाको विन्डहोकमा ९ माघमा भएको खेलमा नेपालले दिएको १९५ रनको लक्ष्य केन्याले ३५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

प्रतियोगिताका बलिया टीम नामिबिया, नेदरल्याण्डस र क्यानडालाई हराउँदा उत्कृष्ट प्रदर्शन गरेका नेपाली बलरले केन्याविरुद्ध भने जादू देखाउन सकेनन् ।

केन्याविरुद्ध करण केसी, बसन्त रेग्मी र सागर पुनले एक–एक विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ज्ञानेन्द्र मल्लले नटआउट ९१ रन बनाए ।

 ICC World Cricket League Division Two, 2014/15 / Points table

ICC World Cricket League Division Two, 2014/15 / Points table

प्रतियोगिताका केन्या र युगान्डासँग पराजित नेपालले तीन खेलमा जीत निकालेर ६ अंक जोडेको थियो । तर, समान ३ खेल जितेर ६ अंक जोडेको नेदरल्याण्डस नेट रननेटको आधारमा डिभिजन वानमा पुग्यो ।

चार खेल जितेको आयोजक नामिबिया शीर्ष स्थान रहँदै डिभिजन वानमा उक्लियो । नेपालले नामिबिया, नेदरल्याण्डस र क्यानडालाई हराएको थियो ।

तर, जारी प्रतियोगिता नेपाली क्रिकेटका लागि नयाँ फड्को भने बन्यो । अघिल्लोपल्ट डिभिजन–२ खेलेर रेलिगेशनमा परेको नेपाल यसपटक डिभिजन–२ मै कायम छ ।

नेपालसँगै केन्या पनि डिभिजन–२ मै रहे पनि क्यानडा र युगान्डा भने रेलिगेशनमा परे छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>