Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
रणोद्दीपको तीनधाम यात्रा - Himalkhabar.com

टिप्पणीशनिबार, माघ १०, २०७१

रणोद्दीपको तीनधाम यात्रा

ज्ञानमणि नेपाल

आफ्नी बडामहारानी हरिप्रिया देवीका साथ श्री ३ रणोद्दीप।

आफ्नी बडामहारानी हरिप्रिया देवीका साथ श्री ३ रणोद्दीप।

युवराज त्रैलोक्यका विधवाहरु सहित महाराज रणोद्दीपको तीर्थयात्रा विवरणबाट त्यसबेलाको यात्रा बन्दोबस्ती, रेल–मोटर सुविधा आदि कस्ता थिए भन्ने दिग्दर्शन मिल्छ।

जंगबहादुरकै ज्वाइँ भए पनि युवराज त्रैलोक्य आफ्ना हजुरबुबा (राजेन्द्र) लाई थुनेर सबै राजअधिकार छिन्ने ससुरा विरुद्ध संगठनको तर्जुमा गर्दैथिए। तर, उनी ३० वर्षकै उमेरमा एउटा दुईवर्षे पिउसो उत्तराधिकारी छोडेर सामान्य व्यथाबाटै अकस्मात् दिवंगत भए। जंगका तीन छोरीहरू विधवा बने। युवराज त्रैलोक्य उपांशुपध (सुटुक्क मार्ने षडयन्त्र) मा परेर मरेको हुन् भनिन्छ।

साह्रै सोझा महाराज रणोद्दीप सबैसँग चोचोमोचो राख्थे। भाइ धीरशमशेरलाई माया गरेर ‘कान्छी नानी’ भन्थे। भाइका छोराहरूको उच्छृंखलता कसैले सुनायो भने ‘बाबै नि, मेरा कान्छी नानीका छोराले पनि यसो गर्लान् त?’ भन्दै पन्छाउँथे। पछि उनी तिनैको हत्याकाण्डमा परे।

जंगले पुस्तांैसम्म सम्बन्ध बलियो भइरहोस् भन्ने चाहनाले राजपरिवारसँग दोहोरो वैवाहिक सम्बन्ध बाँधे, तर फाप्दै फापेन, एक पुस्तै पनि रहेन। जंगले आफूपछि हुने गरी बाँधेको उत्तराधिकारीको रोलक्रम उनका भतिजहरूको लागि आकाशको फल भयो।

उनको यही गल्तीले वंश विनाशको बीउ रोपियो। जंगले भने जस्तो भएन, उनले गरेजस्तो चाहिं सबै भाइभतिजले गरे। बसन्तपुर र थापाथली दरबारभरि जंगका विधवा छोरीबुहारीको खात लाग्यो। रणोद्दीपले आफ्नै प्रिय कान्छी नानीका छोराहरूले यस्तो नृशंस काण्ड (३८ साल पर्व) गर्लान् र यस्तो बिल्लीबाठ होला भन्ने सोचेका थिएनन्।

यिनी भाइसरायसँग भेटघाट गर्न हिउँदमा कलकत्ता जान लागेका थिए। यसै मौकामा राजा सुरेेन्द्रले शोकमा डुबेका आफ्ना बुहारी (युवराज्ञी) हरूलाई पनि तीनधाम गराएर ल्याऊ भने। साउन–भदौदेखि नै तयारी शुरू भयो।

श्री ३ महाराज र तीर्थयात्री दलको यातायात, बसोबास र खानपिनको यथोचित व्यवस्था ब्रिटिशहरूले गर्नुपर्ने हुन्थ्यो। तीर्थयात्री दलमा युवराज्ञी, उनीहरूका सँगी र महारानीहरू समेत गरी १४ जना त मुख्य महिला नै थिए। सुसारे, सेविका, सिपाही, जर्नेल, अफिसर, भान्से, भरिया, डोले र अन्य लावालस्कर गर्दा २६०० जतिको यात्री दल बन्यो। त्यसबेला मुजफ्फरपुरसम्म रेल आउँथ्यो, तर त्यहाँ चढ्दा गंगामा समस्या हुन्थ्यो– सामान उतार्ने र चढाउनेमा। त्यसकारण, पटना गएर रेल चढ्ने र फर्कनेहरू पनि छाँटिने निधो भयो।

शहरहरूमा बास बस्दा जर्नेल–कर्नेल कहलिएका राणा युवकहरूले बितण्डा मच्चाएर अंग्रेज अधिकारी आजित पार्थे। महाराज रणोद्दीप स्वयं पनि आजित थिए। त्यो यात्रामा ढिकुटीबाट ४ लाख जति खर्च भएको थियो। त्यसबेला त्यो ठूलो रकम हुन्थ्यो।
——————————————————————–

१९३७ साल

श्री ३ महाराजा रणउद्दीपसिंह राणावहादुरको कलकत्ता सवारी भै तीर्थ गर्ने मुद्दामा लेखपढ भयाको र कुराकानी भयाको

३७ श्रावण शुदि ३ रोज १ मा श्री ३ महाराजका तर्फबाट फार्सीमा लेखिगयाको मुद्दा यो साल लाठसाहेवको सलामनिमित्त जाने मैले श्री ५ महाराजधिराजको हजुरमा अर्ज गर्दा बहुतै बढिया तजविज गर्‍यौं अंवेसेडर भै जानु, यसले २ सरकारका दोस्तीको जरो बलियो हुँदै जान्छ भनें हुकं भयो, अब मंसीरको १०/१५ मा नेपाल छाड्नको इरादा गरेको छु, औं श्री ५ महाराजाधिराजबाट तिमीले लाठ साहेबको सलाम हासिल गरी सकेपछि साहेब मोहतासिम् यल्लेहसंग इजाजत लि हाम्रा वीधवा भयाका बुहारीहरुलाई जगंनाथ रामेश्वर द्वारिका र अरु बीच बीचका तिर्थहरु गराइ लि आउनु भंने हुकुम् भयो र श्री ५ युवराजका मुमाहरु र हाम्रा महारानीलाई समेत लगी तीर्थ गराई ल्याउनाको इरादा छ–

श्रावण शुदि ६ रोज ५ मा रेजिडेन्ट गर्डीलस्टोन साहेबले लेखेको याददास्तका मुद्दा तपाञीका यस महीनाको तारीख ९ मुताविक सम्वत् १९३७ श्रावणको १८ मा लेखनुभयाको चीठीवापत जाहेर गर्न आफ्ना इच्छामुताविक मंजुरी श्री ५ जनाव, महाराजाधिराज साहेब बहादुरका अंबासेडर मुकरर भैकन जनाब मुअहल्ला अलका बनाव् सलतनत् वो गवरनर जेनरल साहेबबहादुर हिंदसंग मुलाकात गर्न जानानिमित्त र आफ्ना साथ लैजान स्वर्गवासी वलीअहद साहेबका वीधवा महारानीका तीर्थजान्या गर्नानिमित्त आयीपुग्यो र म दोस्त दोस्तको कलम्ले लेख्दछु कि म दोस्तले जनाब साहबबहादुर मोहतसिम् लंका–इलेह हासील गर्ने खुसिबापत माथि लेख्याका मुलाकातका चिठी लेखिकन बिन्ति गरिपठायाको छु, तसर्थ दोस्तिको कलम्ले लेख्याका शुभम्।

भाद्र शुदि ५ रोज ५ मा कम्याण्डर इन चीफ धीरसम्सेर जंग राणाबहादुर लैन्मा सवारी भै भोटविसयको कुरा गरिबक्सनु हुंदा सवारीको कुरा भयाको रजिडन्ट साहेबले बोलेको– यो साल हिउंदमा तपाई कही सफरमा जानलाइ तजविज गर्नुभयाको छ कि छैन

श्री कम्याण्डर इन चीफबाट बोली बक्स्याको– महाराजबाट सफरमा जानाको इरादा गरीबक्सनु भैरहेछ महाराजको सवारी भयो भन्या दुवै जाना जानु हुन्या छैन महाराजा जानुभयो भन्या मेरो हावापानी बदल्नालाई जानाको इरादा छ, महाराजका सवारी हुन्या कुरामा लाठसाहेबबाट जवाव् आयो की आयाको छैन

रजिडन्टसाहेबले बोलेको– आयाको छैन, आउनी मात्र महाराजका हजुरमा पठाइदीन्या छु लाठसाहेबबाट खुसीसाथ महाराजलाई आउनु भनि लेखिपठाउनु हुन्या छ, यसमा संदेह छैन महाराज जानुभयो भन्या मेजर अथवा कप्तान दर्जाका यक्जना अफिसर महाराजका साथमा रहन्या बंदोबस्त पनि होला, महाराजका तिर्थ गर्नाको पनि इरादा देखिन्छ भन्या मैले यो साल महाकालिको सेवानामा जानुपर्छ र हिन्दुस्तानतिर डुलिरहनाको फुर्सद छैन म बुढा पनि भयो मबाट ज्यादा दौडधूपको काम होइसक्दैन, जवान अफिसर साथमा रयाको बढियै छ डाक्डर साहेब पनि जान सक्छन्

कम्याण्डन इन चीफबाट बोलीबक्स्याको–
महाराजका साथमा साहेब आफै जानुभया पनि अरु अफिसरलाई बदोवस्त गरी पठाउनुभया पनि बंदोवस्त साहेबैको हो, भन्या साहेब जान नपाइन्या भयो भन्या जो चाहिन्या बंदोबस्त साहेबबाट बाधी दीनु हुन्यैछ

लाठसाहेबबाट रजिडन्टलाई लेखेको चिठी

सन् १८८० सेप्टेंवरको १० तारिखमा रजिडण्ट साहेबले महाराजलाई लेखेको अंग्रेजी चिठीको मुद्दा भाइसरायका इरादा तपाञीबाट सुन्नचाहनुहोला भनि म छेउ अैले आईपुग्याका चीठी तपाञी छेउ पठाईदीयाको छ, वापस पठाइदिनुहोला वहापछी तपाञीका याददास्तको जवाब् ताकीता जबाब् पठाईदीन्या काम् गरुंला– भाद्र शुद्दि ७ रोज ७ मा श्री ३ महाराजबाट लेखीबक्स्याको चीठीको तर्जुमा मेरो कलकत्ता जाने विसयमा आयाको तपाञीबाट मेहरमानीसाथ पठाईदीनुभयाको चीठी फर्काई पठाइदियाको छ

भाद्र सुदि ८ रोज १ मा रजिडन्ट साहेबले लेखेको याददास्त म दोस्तको तारीख १२ अगस्ट सन् १८८० ईस्वी मुताविक सम्वत् १९३७ श्रावण शुदि ६ रोजमा लेख्याको याददास्तको लगाउमा म दोस्त यस याददास्तसंग १ नक्कल चिठी साहेव सीकटरी बहादुर गवरमेन्ट हिन्दले लेख्याको तारीख २ सितंवर सन् १९८० इस्वी नम्बर ७ यू ९ अक्षेर आयी यी वापत तपाञीको दर्खास्त हासिल गर्ना निमित्त मुलाकात जनाव मोअल्ल अल्फान नवाव गवरनर जनरल साहेब बहादुर हिन्दुस्ताको तपाइंलाई इत्तलाद निमित्त पठाउंदछु, तसर्थ दोस्तीका कलम्ले लेख्यां शुभ

भाद्र शुदि ९ रोज २ मा रजिडण्टसाहेबले सवाल गरी पठायाका कुरा
लाठसाहेबबाट मञ्जुर गर्नुभयो भन्या महाराजका साथमा म जान सक्छु, तर डिसम्बरको ४ तारिखभन्दा अघि लाठसाहेबसंग मुलाकात हुन सक्दैन भन्दा ४ तारिखमा ञहाबाट हिड्या पनि २० तारखसम्ममा ता हामी कलकत्ता पुग्न सक्छौं यस हिसाबसंग जानालाई महाराजलाई सुबिस्ता पर्छ पर्दैन? १

महाराजबाट मजफरपुरमा रेल्मा सवारी भै बक्सनु हुन्छ कि पट्नामा सवारी भै बक्सनुहुन्छ? २

कलकत्तातर्फ जानुहंदा महाराज बैजनाथ थामी बक्सनुहुन्छ हुदैन, थाम्नुभयो भन्या कतिसम्म थाम्नुहोला? ३

महाराज साहेबलाई यस्पियाल ट्रेन चाहिन्छ वा चाहिंदैन? ४

लेडीहरु कति सर्दार अरु लस्कर कति घोडा रेल्का स्टेशनसम्मलाई कति लगीबक्सनुहुन्छ? ५

कलकत्तासम्म लेडीहरु कति सर्दार अरु मानिसहरु र घोडा कति लगिबक्सनुहुन्छ? ६

मोतिहारीदेखि रेल्को स्टेशन पुगनालाई महाराज साहेबले लेडीहरु र सर्दारहरुलाई यका गाडा कुल्लीहरु चाहींछ चाहीदैन, चाहींछ भन्या कुन् कुन् कतिकति चाहींछ? ७

मोतिहारीदेखि रेल्को स्टेशनसम्म जादा बीचमा कहाँकहाँ बास होला? ८

महाराजसाहेबको कलकत्ता कतिदिन मुकाम हुन्छ? ९

कलकत्ता छोड्यापछि कहा जानु हुंछ, सो जाने ठाउंहरुको पहिले याहा जाउला, यस ठाउमा जाउला भन्या र यस्तो सवारीमा जाउला भन्या? १०

मोतिहारी वा पटनामा केही नोटहरु साट्नुपर्छ, पर्दैन पर्छ भन्या कतिसम्मको? ११

श्री ५ महाराजाधिराजका तर्फबाट जान्या तोहफादेखि बाहेक महाराजाबाट पनि तोहफा लगिबक्सनु हुन्छ कि? १२

नेपाल नछाड्दै तोहफाको फिरीस्त र श्री ५ महाराजाधिराजबाट जान्या लाठसाहेबलाई जान्या खरीताको नकल पठाइ दीनुभया बढिया होला। १३

आश्वीन शुदि ३ रोज ३ मा श्री ३ महाराजबाट जवाव बक्स्याको कलकत्तासम्म आउछु भन्दा मलाई बहुतै खुसी लाग्यो डिसंवरको १५ ताखिर उसो लाठसाहेबको सलाम् हासिल गर्न्या भयापछि सो मुलाकातको अघीबाटै जगंनाथजीको तिर्थ गरी वाहाबाट फर्किआइ लाठ साहेबसँग मुलकात गर्ने हिसाबसँग कामको अंजाम भयो भने अरु ठाउँको तिर्थलाई सुवीस्ता पर्नेछ, धेरै दिन गर्मीमा पर्नुपर्नेछ तसर्थ मंसीर ८/९ दीन् जादा अर्थात् नवम्वर २२/२३ तारिखमा नेपालबाट हिड्नेछु, उसबेला जानलाई तपाईंलाई फुर्सत भयेन भने मेरा इज्जत माफिक्को साहेब १ मुकरर गरीदिनु भया हुंछ। तपाञीसंग कलकत्तामा भेट हुनेछ– १

पटना भै जान्छु पट्नैमा रेल्मा सवारी गरुंला– २

वैजनाथका बेहान उत्रने गरी गै दर्शन् गरि बेलुका फेरि रेल्मा सवारी गरी कलकत्तातर्फ जांछु– ३

यास्पियाल ट्रेन चाहिन्छ– ४

पट्नासम्म लेडीहरु १४, जनरलहरु ४, अफिसर गरि २९, रैफल पल्टन १ के जवान ७५२, व्याण्डको जवान ५०, जनना नोकर ४०, अरु मानीस २००, डोल्या र भरिया गरि अंदाजी २६०० हाति ३० घोडा र गाडा अंदाजी ८० भ्याना दे जाननू– ५

कलकत्तासम्म लेडीहरु १४ जनरललगायत अफिसर पगरीहरु ३३, रैफल जवान १०१ ऐंका व्यांड जवान ५० आठ पहरिया सुवेदार हुद्दा सिपाही जवान ५१, जनाना नोकर ४१, अरु लाजीमां ५०, डोले ५०, घोडा १२ पालकी ९, २ बगी– ६

रेल्को इस्टेशनसम्मलाई कुल्ली गाडा जो चाहीयाको म ञीहीबाट बंदोबस्त गरी लैजानेछु, ञाहाबाट लग्याका गाडा बैकंबा हुन भयो भने उस्को सट्टा भर्ना गर्नालाई लीउला अथवा हाम्रा पानीबाट लग्याका सबै गाडा बदल्न पर्‍यो भन्या पनि २ दीन अगाडी साहेबलाई खबरदी मोतिहारीमा बदलुँला– ७

मोतिहारीदेखि पट्नासम्मका पास मोतिहारी १ कल्याणपुर २ साहेबगञ्ज ३ खुटाहि ४ लालगंज ५ हाजिपुर–हरिहर क्षेत्र ६ पटना ७– ८

कलकत्तामा ञाहाबाट जादा ४–५ दीन जगंनाथ पुगी फर्कि आयापछि ८/९ दीन मुकाम गर्ने तजबीज गरेको छु– ९

कलकत्ताबाट फर्केपछि बनारस इलाहवाद नासिक बंबै सुदामापुरी बेडद्वारीका पुना त्रिपति बालाज्यू मद्राज रामेश्वर इतिर्थहरु गरी आउनाको इरादा गरेको छु। रेल भयाका ठाउमा रेलैमा जहाज पाउने र जहाज हुने ठाउमा जहाजमा रेल जहाजबाट जानु नहुने खुस्कीको बाटो स्थलमार्ग गरी जाने जगाहरुमा बगी पालकी टागाको सवारी गरुंला– १०

मोतिहारी ३।। लाख ४ लाखसम्मको नोट साट्नुपर्ला– ११

श्री ५ महाराजाधिराजबाट जाने तोहफा बाहेक मेरा तर्फबाट पनि केही तोहफा ली जान्छु– १२

श्री ५ महाराजाधिराज तर्फबाट लाठसाहेबको जुनाफमा जाने खरीताको … र तोहफाहरुको फीरीस्त नेपाल नछोड्दै केही दीन अघी तपाइछेउ पठाइदिनेछु– १३

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>