खेलकुदशनिबार, माघ १०, २०७१
नेपाललाई केन्याद्वारा २०९ रनको लक्ष्य
विश्व क्रिकेट लिग डिभिजन- २ को तेस्रो स्थानको लागि जारी खेलमा केन्याले नेपाललाई २०९ रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले पुरै ५० ओभर खेलेर ९ विकेट गुमाउँदै २०८ रन बनाएको छ।
९ माघमा केन्यासँग ५ विकेटले पराजित भएर डिभिजन २ मै रोकिएको नेपालले तेस्रो स्थानका लागि यो खेल खेलिरहेको छ ।
डिभिजन- २ को खेलमा शीर्ष दुईमा पुगेर नामिविया र नेदरल्याण्ड्स डिभिजन-१ मा उक्लिएका छन् भने नेपाल र केन्या डिभिजन २ मै रहे ।
नेपाल र नेदरल्याण्ड्सको समान ६/६ अंक भएतापनि रन रेटका आधारमा नेपाल डिभिजन २ मै रोकिनु परेको हो ।
क्यानडा र युगाण्डा भने डिभिजन ३ मा झरेका छन्।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
