थप समाचारआइतबार, माघ ११, २०७१
ग्याँसको पिरलो (१५ तस्वीर)
–देबकी बिष्ट
काठमाडौं लैनचौरकी सुष्मा मैनालीको भान्सामा चुल्हो नबलेको आठ दिन भयो । केही गरी ग्याँस नपाएकी उनी नेशनल ट्रेडिङ परिसरबाट ग्याँस पाईने सुनेपछि ११ माघ बिहान ९ बजे खाली सिलिण्डर लिएर त्यहाँ पुगिन् । उनले साढे ११ बजेसम्म ग्याँस पाएकी थिईनन् । उनी आजको अफिस छाडेर लाइनमा उभिएकी थिईन् ।
त्यही लाईनमा उभिएका कालिमाटीका बलराम लामा दुई महीना अघि १८ सय रुपैंयामा पाएको ग्याँस सिलिण्डर नलिएको प्रसंग निकालेर थक्थक् मानिरहेका थिए । “१४७० पर्ने सिलिण्डरलाई किन बढी तिर्ने भनेर लिईएन, अहिले यो गति भयो”, उनले भने ।
बिहान ७ बजे नै टेकु आइपुगेका भक्तपुर गठ्ठाघरका केशवनाथ योगीको भने पालो आउनै लागेको थियो । उनले दुई महीनादेखि चिसिएको चुल्हो आज बल्ने आशा व्यक्त गरे ।
वाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्याँस बिक्रेता महासंघ र नेपाल आयल निगमको पहलमा ९ माघमा गरेको निर्णय अनुसार ११ माघदेखि नेशनल ट्रेडिङ लिमिटेडको टुकु परिसरबाट सबैसाधारणलाई ग्याँस बिक्रि गर्ने निर्णय योगीलाई ‘नहुनु मामा भन्दा कानु मामा जाती’ लागेको छ । नेशनल ट्रेडिङको स्टलमा रु.१४७० मै ग्याँस बिक्री भइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
