थप समाचारआइतबार, माघ ११, २०७१

संविधानसभाद्वारा प्रस्ताव निर्माण समिति गठन

हिमालखबर

११ माघमा बसेको संविधानसभाको बैठकले विपक्षी सभासदहरुको होहल्लाका बीच प्रस्ताव निर्माण समिति गठनको प्रस्ताव बहुमतले पारित गरेको छ ।

बैठकमा सभाध्यक्ष सुवास नेम्बाङ आफैंले ‘प्रस्ताव निर्माण समिति’ गठनसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि बैठकद्वारा ध्वनी मतका आधारमा प्रस्ताव पारित भएको छ ।

७३ सदस्यीय समितिले संवैधानिक राजनीतिक संवाद तथा सहमतिले संविधानसभामा प्रस्तुत गरेको प्रतिवेदन अध्ययन गरी संविधानका विवादित अन्तर्वस्तुको पहिचान गरी त्यसबारेमा सहज प्रश्नावली बनाई संविधानसभामा पेश गर्ने छ ।

संविधानसभा अध्यक्ष मातहत रहने समितिलाई कार्यप्रराम्भ भएको दिनदेखि ५ दिनको म्याद तोकिएको छ भने पहिलो बैठक ५ दिनपछि बोलाइएको छ ।

समितिका ७३ सदस्यमध्ये ४९ जनाको नाम सभाध्यक्ष नेम्वाङले पढेर सुनाएका थिए भने बाँकीको नाम दलहरुसँग मागिएको र दलहरुले नाम दिएपछि समावेश गरिने उनले जानकारी दिए ।

समिति गठनको प्रस्ताव पारित भएपछि संविधानसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ भने संविधान लेखन कार्य विधिवित रुपमा प्रक्रियामा प्रवेश गरेको छ ।

समितिका सदस्यहरुको नामावली:

१. अग्नी प्रसाद खरेल (नेकपा एमाले)
२.अब्दुल रज्जाक (नेपाली कांग्रेस)
३. उषा गुरुङ (नेपाली कांग्रेस)
४.कृपासुर शेर्पा (नेकपा एमाले)
५. कर्णबहादुर थापा (नेकपा एमाले)
६. किरण गुरुङ (नेकपा एमाले)
७.गगन थापा (नेपाली कांग्रेस)
८. धनराज गुरुङ (नेपाली कांग्रेस)
९. गंगालाल तुलाधार (नेकपा एमाले)
१०.नरहरी आचार्य (नेपाली कांग्रेस)
११ पूर्णबहादुर खड्का (नेपाली कांग्रेस)
१२. पद्मनारायण चौधरी (नेपाली कांग्रेस)
१३ प्रकाश शरण महत (नेपाली कांग्रेस)
१४. प्रकाश ज्वाला (नेकपा एमाले)
१५ भीमबहादुर रावल (नेकपा एमाले)
१६. महेश आचार्य (नेपाली कांग्रेस)
१७. भानुभक्त ढकाल (नेकपा एमाले)
१८. भीष्मराज आङदेम्बे (नेपाली कांग्रेस)
१९ महालक्ष्मी उपाध्याय (डिना) (नेपाली कांग्रेस)
२०. मिनेन्द्र रिजाल (नेपाली कांग्रेस)
२१.मिनबहादुर  विश्वकर्मा (नेपाली कांग्रेस)
२२. रविन्द्र अधिकारी (नेकपा एमाले)
२३. राधेश्याम अधिकारी (नेपाली कांग्रेस)
२४. रामेश्वर फुयाँल (नेकपा एमाले)
२५.राजेन्द्र पाण्डे (नेकपा एमाले)
२६. रामकृष्ण यादव (नेपाली कांग्रेस)
२७. रोमि गौचन थकाली (नेपाली कांग्रेस)
२८. लालबाबु यादव (नेकपा एमाले)
२९. शेरधन राई (नेकपा एमाले)
३०. श्रीमाया थकाली (नेकपा एमाले)
३१. कुन्तीकुमारी शाही (राप्रपा नेपाल)
३२. सीपी मैनाली (नेकपा माले)
३३. चित्रबहादुर केसी (राष्ट्रिय जनमोर्चा)
३४. प्रेम सुवाल (नेपाल मजदुर किसान पार्टी)
३५. जयदेब जोशी (नेकपा संयुक्त)
३६. विश्वेन्द्र पासवान (दलित जनजाति पार्टी)
३७. अतहर कमाल मुसलमान (स्वतन्त्र)
३८ एकनाथ ढकाल (नेपाल परिवार दल)
३९ चन्द्रेश्वर झा (स्वतन्त्र)
४०. राजन भट्टराई (नेकपा एमाले)
४१. कुमार खड्का (अखण्ड नेपाल पार्टी)
४२.शेरबहादुर तामाङ (नेकपा एमाले)
४३. रमेश लेखक (नेपाली कांग्रेस)
४४.किरण यादव (नेपाली कांग्रेस)
४५. कुलबहादुर गुरुङ (नेपाली कांग्रेस)
४६. कृष्णभक्त पोखरेल (नेकपा एमाले)
४७. दीपक बोहरा (राष्ट्रिय प्रजातन्त्र पार्टी )
४८. रामकुमार सुब्बा (राप्रपा नेपाल)
४९. दिलनाथ गिरी (राप्रपा नेपाल)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>