थप समाचारआइतबार, माघ ११, २०७१
प्रस्ताव समितिमा कुन पार्टीका कति सभासद (विवरणसहित)
संविधानसभा बैठकमा एमाओवादी नेतृत्वको मोर्चाका सभासद्को नाराबीच पारित प्रस्ताव निर्माण समितिका सदस्यहरुमा नेपाली कांग्रेसका २१, नेकपा एमालेका १५, राप्रपा नेपालका ३, राप्रपाका १, राष्ट्रिय जनमोर्चाका १, नेपाल मजदुर किसान पार्टीका १, नेकपा संयुक्तका १, परिवार दलका १, दलित जनजाति पार्टीका १, अखण्ड नेपाल पार्टीका १ र दुई जना स्वतन्त्र सभासद गरी ४९ सभासदहरु सम्मिलित छन् ।
७३ सदस्यीय समितिका थप सदस्यहरुको नाम दलहरुसँग मागिएको र नाम प्राप्त भएपछि समितिमा समावेश गरिने सभाध्यक्ष सुवास नेम्बाङले बताएका छन् ।
५ दिनपछि पहिलो बैठक बस्ने समितिले बैठक प्रारम्भको मितिले थप ५ दिनको म्याद पाएको छ । समितिलाई संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा पेश गरेको प्रतिवेदनमा रहेका असहमतिका अन्तर्वस्तुको पहिचान गरी त्यसबारेमा प्रश्नावली बनाई संविधानसभामा पेश गर्ने कार्यादेश तोकिएको छ ।
समितिका सदस्य (सभासद) हरुको नामावली यसप्रकार छः
१.अग्नी प्रसाद खरेल (नेकपा एमाले)
२.अब्दुल रज्जाक (नेपाली कांग्रेस)
३. उषा गुरुङ (नेपाली कांग्रेस)
४.गगन थापा (नेपाली कांग्रेस)
५. धनराज गुरुङ (नेपाली कांग्रेस)
६.नरहरी आचार्य (नेपाली कांग्रेस)
७.पूर्णबहादुर खड्का (नेपाली कांग्रेस)
८. पद्मनारायण चौधरी (नेपाली कांग्रेस)
९. प्रकाश शरण महत (नेपाली कांग्रेस)
१०. राधेश्याम अधिकारी (नेपाली कांग्रेस)
११. महेश आचार्य (नेपाली कांग्रेस)
१२. भानुभक्त ढकाल (नेकपा एमाले)
१३. भीष्मराज आङदेम्बे (नेपाली कांग्रेस)
१४ महालक्ष्मी उपाध्याय (डिना) (नेपाली कांग्रेस)
१५. मिनेन्द्र रिजाल (नेपाली कांग्रेस)
१६.मिनबहादुर विश्वकर्मा (नेपाली कांग्रेस)
१७. रामकृष्ण यादव (नेपाली कांग्रेस)
१८. रोमि गौचन थकाली (नेपाली कांग्रेस)
१९. रमेश लेखक (नेपाली कांग्रेस)
२०.किरण यादव (नेपाली कांग्रेस)
२१. कुलबहादुर गुरुङ (नेपाली कांग्रेस)
२२. गंगालाल तुलाधार (नेकपा एमाले)
२३. प्रकाश ज्वाला (नेकपा एमाले)
२४. भीमबहादुर रावल (नेकपा एमाले)
२५.कृपासुर शेर्पा (नेकपा एमाले)
२६. कर्णबहादुर थापा (नेकपा एमाले)
२७. किरण गुरुङ (नेकपा एमाले)
२८. रविन्द्र अधिकारी (नेकपा एमाले)
२९. रामेश्वर फुयाँल (नेकपा एमाले)
३०.राजेन्द्र पाण्डे (नेकपा एमाले)
३१.शेरबहादुर तामाङ (नेकपा एमाले)
३२. कृष्णभक्त पोखरेल (नेकपा एमाले)
३३. राजन भट्टराई (नेकपा एमाले)
३४. लालबाबु यादव (नेकपा एमाले)
३५. शेरधन राई (नेकपा एमाले)
३६. श्रीमाया थकाली (नेकपा एमाले)
३७. रामकुमार सुब्बा (राप्रपा नेपाल)
३८. दिलनाथ गिरी (राप्रपा नेपाल)
३९. कुन्तीकुमारी शाही (राप्रपा नेपाल)
४० चन्द्रेश्वर झा (स्वतन्त्र)
४१. अतहर कमाल मुसलमान (स्वतन्त्र)
४२. दीपक बोहरा (राष्ट्रिय प्रजातन्त्र पार्टी )
४३. सीपी मैनाली (नेकपा माले)
४४. चित्रबहादुर केसी (राष्ट्रिय जनमोर्चा)
४५. प्रेम सुवाल (नेपाल मजदुर किसान पार्टी)
४६. जयदेब जोशी (नेकपा संयुक्त)
४७. विश्वेन्द्र पासवान (दलित जनजाति पार्टी)
४८. एकनाथ ढकाल (नेपाल परिवार दल)
४९. कुमार खड्का (अखण्ड नेपाल पार्टी)
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
