खेलकुदसोमबार, माघ १२, २०७१

नेपाल डिभिजन वानमा !

हिमालखबर

नेपाल डिभिजन वानमा !विश्व क्रिकेट लिग डिभिजन–२ मा चौंथो स्थानमा सीमित भए पनि नेपाली राष्ट्रिय टोलीले डिभिजन–१ को प्रतियोगिता खेल्न पाउने भएको छ । नेपालले चार वर्षछि हुने वानडे विश्वकप छनोट पनि खेल्नेछ ।

नामिबियामा १० माघमा सम्पन्न डिभिजन–२ प्रतियोगितामा नेपाल चौंथो स्थानमा रहँदै हैसियत जोगाउन सफल भएको थियो । ६ टीम सहभागी रहेको प्रतियोगितामा शीर्ष दुई टोली डिभिजन–१ मा बढुवा हुने, तेस्रो तथा चौंथो टीम डिभिजन–२ मा यथावत रहने र पुछारका दुई टोली रेलिगेसनमा पर्ने प्रावधान थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भने तेस्रो भएको केन्या र चौंथो नेपाललाई पनि डिभिजन–१ हैसियतको विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न मौका दिने तयारी गरिरहेको छ । १४–१५ माघमा दुबईमा हुने आईसीसी कार्यसमिति बैठकले यससम्बन्धी औपचारिक निर्णय गर्ने नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेलाई उद्धृत गर्दै नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जनाएको छ ।

शीर्ष दुई टोलीले डिभिजन–१ मा रहेका टोलीसँग ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिप तथा चार दिवशीय स्वरुपको अन्तरमहादेशीय कप खेल्न पाउने प्रावधान थियो । विश्वकप छनोटको अन्तिम चरणमा पनि डिभिजन–१ मा उक्लिने दुई टोलीलाई मात्र मौका दिने योजना थियो ।

आईसीसीले भने डिभिजन–२ का शीर्ष चारभित्र पर्ने टोलीलाई ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिप तथा विश्वकप छनोटमा खेलाउने सोच बनाएको स्रोतको भनाइ छ । तर, नेपालले अन्तरमहादेशीय कप भने गुमाउने छ ।

नागरिक दैनिकबाट साभार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>