Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मन्त्रिपरिषद बैठक: विभिन्न संस्थानमा नियुक्ति - Himalkhabar.com

थप समाचारसोमबार, माघ १२, २०७१

मन्त्रिपरिषद बैठक: विभिन्न संस्थानमा नियुक्ति

हिमालखबर

singhdurbarसरकारले नेपाल आयल निगम, नेसनल ट्रेडिङ, पारवहन कम्पनी, टिम्बर कर्पोशन लगायतका संस्थानमा नियुक्ति गरेको छ ।

१२ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले आयल निगमको कार्यकारी निर्देशकमा गोपाल खड्का, नेसनल ट्रेडिङ कर्पोरेसन लिमिटेडको महाप्रबन्धकमा पूर्णशङ्कर बसी र नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको महाप्रबन्धकमा कुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको हीरक महोत्सव मनाउन परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेको अध्यक्षतामा एक समिति गठन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको बैठकले क्यानाडाका लागि नेपालका आवासीय राजदूत कालिप्रसाद पोखरेललाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको स्थायी प्रतिनिधि तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले बताए ।

सरकारले नेपाल टिम्बर कर्पोरेसन लिमिटेडको अध्यक्षमा अर्को व्यवस्था नभएसम्मका लागि वन तथा भू–संरक्षण मन्त्रालयका सहसचिव कृष्णप्रसाद आचार्यलाई र महाप्रबन्धकमा वीरेन्द्रकुमार यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सङ्गीत नाट्य एकेडेमी भारतकाबीच एवम् नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र ललितकला एकेडेमी भारतबीच समझदारीमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार मन्त्री रिजालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>