समाचारबिहीबार, कार्तिक २, २०६९

अर्थसचिवमा सुवेदी, बाँस्कोटा प्रधानमन्त्री कार्यालयमा सरुवा

रमेश कुमार

अर्थ मन्त्रालयको जिम्मेवारी पाएका सुवेदी यसअघि अर्थ मन्त्रालयकै राजस्व महाशाखा प्रमुख थिए । मन्त्रिपरिषद्को सोही वैठकले सुवेदी सहित ११ सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । सचिव पदमा बढुवा हुने अन्य सहसचिवहरुमा आत्माराम पाण्डे, जर्नादन नेपाल, शारदाप्रसाद त्रिताल र नारायणगोपाल मलेगो छन् । यसैगरी शान्तबहादुर श्रेष्ठ, रणबहादुर श्रेष्ठ, उद्धव बास्कोटा, सुमनकुमार  शर्मा र नरेन्द्र दाहाल पनि सचिव बनेका छन् । अर्थ मन्त्रालयबाट सुवेदी र श्रेष्ठद्वय गरी तीन सहसचिवले सचिव बन्ने अवसर पाएका छन् ।

वैठकले कृषि सचिव गणेशराज जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मेवारी दिएको छ । कृषिमा जयमुकुन्द खनाललाई ल्याइएको छ । शान्ति मन्त्रालयका सचिव ध्रुवराज शर्मालाई राष्ट्रपति कार्यालय र युवा तथा खेलकुद मन्त्रालयका सचिव सुशील घिमिरेलाई शान्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै बैठकले खुला प्रतिष्पर्धाबाट छानिएका लक्ष्मण हुमागाईंलाई नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको छ भने दीपक रौनियारलाई जलविद्युत् विकास तथा लगानी कम्पनीको  महाप्रबन्धकमा नियुक्त गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>