थप समाचारमंगलबार, माघ १३, २०७१

मन्दिर विवादका कारण वीरेन्द्र क्याम्पस बन्द

हिमालखबर

विद्यार्थी संगठन र प्रशासनको विवादविद्यार्थी सङ्गठन र क्याम्पस प्रशासनबीचको विवादका कारण चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस ठप्प भएको छ । क्याम्पस परिसरमा निर्माण भएको मन्दिरको विषयमा विद्यार्थी संगठन र प्रशासनबीच विवाद भएको हो ।

क्याम्पस परिसरमा कारागारभित्रै आक्रमणमा परी मारिएका शिव पौडेलको स्मृतिमा नेविसंघले सरस्वतीको मन्दिर बनाएपछि उत्पन्न विवादले अहिले चरम रुप लिएको हो । क्याम्पस प्रशासनले क्याम्पस परिसरमा जबरजस्ती मन्दिर निर्माण भएको बताउँदै आएको छ ।

क्याम्पस प्रमुख डा. केशवभक्त सापकोटासहित ६ जना प्राध्यापकले त्यही विवादका कारण राजीनामा दिएका छन् । राजीनामा दिनेमा सहायक क्याम्पस प्रमुख गोविन्द सापकोटा, धर्मबहादुर थापा, खगराज आचार्य, अर्जुनप्रसाद सापकोटा र दयानिधि घिमिरे छन् ।

क्याम्पसमा देखिएको जबर्जस्ती सहन नसकेर राजीनामा दिएको क्याम्पस प्रमुख डा. केशवभक्त सापकोटाले बताए । राजीनामापत्रमा क्याम्पसको जग्गा अतिक्रमण भएको देख्न नसकेर आफूहरूले राजीनामा दिएको उल्लेख छ ।

तर, सरस्वती पूजाको दिनमा उक्त मन्दिर अज्ञात समूहले भत्काई दिएको थियो । त्यसपछि वीरेन्द्र बहुमुखी क्याम्पस नेविसङ्घ इकाई समितिले क्याम्पस प्रशासनले मन्दिर भत्काएको भन्दै आन्दोलन शुरु गरेको छ । सरस्वतीको मन्दिर पुनः निर्माण नभएसम्म आन्दोलन नरोक्ने नेविसङ्घ इकाई सभापति वचन कार्कीले बताए ।

अनेरास्ववियु क्याम्पस इकाई अध्यक्ष बिमल केसीले क्याम्पसमा पठनपाठनको वातावरण तयार पार्नुपर्ने बताए । प्राध्यापक तथा कर्मचारी सङ्घले विज्ञप्ति जारी गरेर प्रशासनिक र पठनपाठनको काम नियमित गर्न सम्बन्धित पक्षलाई वार्ताका लागि आग्रह गरेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>