थप समाचारमंगलबार, माघ १३, २०७१

मलङ्गवामा घाँटी रेटेर महिलाको हत्या

हिमालखबर

सर्लाहीको मलङ्गवामा एक महिलाको धारिलो हतियारले घाँटी रेटेर हत्या भएको छ ।

मलङ्गवा नगरपालिका–५ का खुसवुदा खातुनको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा १३ मा३ बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राति पक्की घरमा सुतेकी खातुनलाई छेउमै रहेको अर्को कच्ची घरमा लगेर घाँटी रेटेर हत्या गरिएको प्रहरी नायब उपरीक्षक सुदम सिजापतिले बताए ।

एउटै घरको छुट्टाछुट्टै कोठामा सुतेकाले दुई छोरा र एक छोरीले बिहानमात्र आमाको हत्या भएको थाहा पाएका थिए ।
प्रहरीका अनुसार छोराछोरी र छिमेकीसमेतले बिहान निकैबेर खोज्दा अर्को घरमा हत्या गरिएको अवस्थामा खातुनको शव फेला परेको थियो ।

मृतक खातुनका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा छन् ।

हथौडा प्रहारबाट युवकको मृत्यु
सिन्धुपाल्चोकको भोताङ गाविस–१ छिम्तिका राजु तामाङको हथौडा प्रहारबाट गएराति मृत्यु भएको छ ।

खानेपानीको पाइप काटेको आरोपमा सोही गाउँका पेम्बा तामाङले १२ माघसाँझ हथौडाले हिर्काउँदा गम्भीर घाइते भएका राजुको उपचारका लागि क्षेत्रीय अस्पताल मेलम्ची ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।

मृतक राजु र पेम्बाबीच पहिले पनि पटक पटक झगडा हुँदै आएको थियो ।
केही महिनाअघि मृतक राजुले पेम्बालाई खुकुरी प्रहार गरेको आरोपमा आठ महिना जेलसमेत बसेका थिए । पेम्बा अहिले इलाका प्रहरी कर्यालय मेलम्चीको हिरासतमा छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>