थप समाचारमंगलबार, माघ १३, २०७१

मलेसिया र साउदीमा ३ नेपालीको शव अलपत्र

हिमालखबर

विदेशमा मृत्यु हुने आफन्तको शव ल्याउन तथा क्षतिपूर्तिको बारेमा जानकारी दिंदै सुरक्षित आप्रवासन परामर्श तथा सूचना केन्द्र कावासोतीकी परामर्शदता रञ्जना लम्साल । तस्वीरः विद्रोही गिरी

विदेशमा मृत्यु हुने आफन्तको शव ल्याउन तथा क्षतिपूर्तिको बारेमा जानकारी दिंदै सुरक्षित आप्रवासन परामर्श तथा सूचना केन्द्र कावासोतीकी परामर्शदता रञ्जना लम्साल । तस्वीरः विद्रोही गिरी

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र साउदी अरबमा मृत्यु भएका तीन नेपालीको शव अलपत्र परेको छ । एक साताको अवधिमा मलेसिया र साउदी अरबमा मृत्यु भएका तीन नेपाली कामदारको शव अलपत्र परेको हो ।

विदेशमा शव अलपत्र भएपछि मृतकका आफन्तको शव झिकाइदिन नवलपरासी कावासोतीस्थित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा आग्रह गरेका छन् ।

डेढ वर्ष अघि मलेसिया पुगेका नवलपरासी तम्सरिया–५ का ४४ वर्षीय झिन्का थारुको मृत्यु भएको छ । उनको ४ माघमा अचानक मृत्यु भएको खबर आएको आफन्त युगनारायण थारुले बताए ।

थारुले आफन्तको शव झिकाइदिन आग्रह गरेको सूचना केन्द्रकी परामर्शदाता रञ्जना लम्सालले जानकारी दिइन् । यस्तै, मलेसियामा मृत्यु भएका नवलपरासी कोल्हुवा–३ का ३२ वर्षीय पूर्णबहादुर विकको शव पनि झिकाइदिन आफन्तले केन्द्रसँग आग्रह गरेका छन् ।

विकको १० माघमा दुर्घटनामा परेर मृत्यु भएको थियो ।

सूचना केन्द्रमा साउदी अरबमा रोजगारीको सिलसिलामा मृत्यु भएका कपिलवस्तु पट्ना—८ का हरिबहादुर चौधरीको शव झिकाइदिन पनि निवेदन परेको छ । चौधरीको २ माघमा मृत्यु भएको थियो ।

नौ महीनाको अवधिमा १८ जनाको शव नेपाल ल्याउन पहल गरेको सूचना केन्द्रकी परामर्शदाता लम्सालले जानकारी दिइन् । विदेशमा अलपत्र परेको शव प्रवासी नेपाली समन्वय समिति, सामी हेल्भेटास र सम्बन्धित दुतावासको सहयोगमा ल्याउने गरिएको उनको भनाइ छ ।

विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>