थप समाचारमंगलबार, माघ १३, २०७१

अनेकतामा एकता तपाइँको शक्तिः बाराक ओबामा

हिमालखबर

modi1भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बाराक ओबामाले दिल्लीस्थित सीरी फोर्ट अडिटोरियममा आयोजत कार्यक्रमलाई सम्बोधन गरेका छन् ।

कार्यक्रमको शुरुआत नमस्तेबाट गरेका ओबामाले युवाहरुमा आफूले प्रशस्तै सम्भावना देखेको बताए ।

भारतको गणतंत्र दिवसमा मुख्य अतिथिका रुपमा निम्त्याइएका उनले हिंदीमै भने, ‘बहुत धन्यवाद ।’

गणतन्त्र दिवस समारोहमा प्रदर्शन गरिएको मोटरसाइकलको स्टंट रुचाएका उनले भने, “तर मलाई सीक्रेट सर्भिसले मोटरसाइकल चलाउन दिंदैन ।” ओबामाले मार्टिन लूथर किंग र महात्मा गांधी आफ्नो आदर्श भएको बताए ।

उनले भने, “हामी दुबै (अमेरिकी र भारतीय) लाई जोड्ने अर्को एउटा सम्बन्ध पनि छ । … विवेकानन्द जसको धेरै पहिले अमेरिकाले स्वागत गरेको थियो उनले अमेरिकामा हिन्दू धर्मको प्रचार गरेका थिए र उनले भनेका थिए… अमेरिकी दाजुभाई दिदीबैनी ।” ओबामाले अगाडि भने, “म पनि आज यही दोहोर्‍याउँछु, भारतका दाजुभाई दिदीबैनी ।”

ओबामाले भारत र अमेरिका सबैभन्दा असल सहयोगी बन्न सक्ने भन्दै थपे, “विश्वमा भारतको स्थिति के हुने भन्ने भारतले नै तय गर्नुपर्छ तर हामी चाहन्छौं भारत र अमेरिका मिलेर ठूला ठूला काम गर्नुपर्छ । किसानलाई प्रविधि मिलोस, बालबालिकालाई सुरक्षित भविष्य मिलोस । हामी नयाँ आधारभूत संरचना निर्माणका लागि सहकार्य गर्न चाहन्छौं ।”

उनले संयुक्त राष्ट्र सुरक्षापरिषदको विस्तार गरेर भारतलाई स्थायी सदस्य बनाउनुपर्ने बताए ।

ओबामाले भारतमा स्वच्छ उर्जाको उत्पादन हुनुपर्ने र विभेद रहित समाजको निर्माण हुनुपर्नेमा जोड दिए । उनले भने, “मेरा हजुरबुवा सेनामा कुक हुनुहुन्थ्यो, मिशेला परिवार गुलमा थिए, मैले पनि भेदभाव खेपेको छु, आफ्नै रंगका कारण । तर पनि हामी अगाडि बढ्न सक्यौं । हामी यस्तो देशमा बस्छौं जहाँ कुकको नाति राष्ट्रपति हुन सक्छ र चिया बेच्ने मानिस प्रधानमन्त्री ।”

उनले महिलाहरुको सम्मान गरेमात्रै दुवै देश बलियो बन्न सक्ने बताए । उनले भने, “कुनै देश तब सफल हुन्छ जब त्यहाँका महिलाहरु सशक्त हुन्छन् ।”

ओबामाले महात्मा गान्धी उद्धृत गर्दैै भने, “प्रत्येक धर्म फूलका पत्रजस्तै हुन् जो मिलेर एउटा सुन्दर फूल बन्छ ।” उनले भारतमा धर्मका नाममा भेदभाव नभए मात्र सफल देश बन्ने बताए । “तपाइहरु शाहरुख खानको फिल्म हेर्नुहुन्छ, मिल्खा सिंह तपाइँका एथलिट हुन् र मेरी कोम पनि तपाइँहरुकै हुन् । यिनीहरु सबैको उपलब्धीले तपाइहरुलाई एक बनाउँछ । यही नै भारतको शक्ति हुनुपर्छ ।”

अनेकतामा एकताको शक्ति ठूलो विशेषता भएको भन्दै उनले यसलाई जोगाउनुपर्नेमा जोड दिए । कुनै पनि देशका लागि सेना र हथियारको शक्ति भन्दा पनि जनताले देशका बारेमा के सोच्छन भन्ने महत्वपूर्ण हुने भन्दै उनले विविधतालाई एक बनाएर जोगाइराख्न युवाहरुको विशेष भूमिका हुने भन्दै युवा शक्तिले नै विश्वलाई नयाँ दिशा दिने धारणा व्यक्त गरे ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा तीन दिनको भारत यात्रा सम्पन्न गरी १३ माघमै साउदी अरब जाँदैछन् ।
बीबीसीको सहयोगमा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>