थप समाचारमंगलबार, माघ १३, २०७१

डेढ लाख रातो गुलाब भारतबाट ल्याइने

हिमालखबर

Rose Valentine's Day Wallpapers 4यस वर्ष पनि प्रणय दिवस (भ्यालेन्टाइन डे) का लागि भारतबाट प्रेमको प्रतीक मानिने रातो गुलाबको फूल करिब एक लाख ५० हजारवटा ल्याइने भएको छ ।

पछिल्लो समयमा नेपालमा पनि यस दिवसलाई ठूलो महत्वका साथ लिँदै आइएको छ । हरेक वर्ष यो दिवस मनाउने मानिसको सङ्ख्या बढ्दै गएकाले स्वदेशमा उत्पादन बढेको भए पनि आयात गर्नुपरेको फ्लोरीकल्चर एसोसिएसनका उपाध्यक्ष कुमार कसजुले बताए ।

कसजुका अनुसार गत वर्ष भ्यालेन्टाइन डेका लागि स्वदेशको उत्पादन र विदेशबाट आयात गरेको गरी दुई लाखवटा रातो गुलाब खपत भएको थियो ।

खपत भएकामध्ये एक लाखवटा स्वदेशको उत्पादन हो भने अरु बाहिरबाट ल्याइएका हुन् ।
यस वर्ष १५ प्रतिशतले माग बढेकाले एक लाख ५० हजारवटा बाहिरबाट ल्याउने तयारी रहेको छ । यस वर्षका लागि स्वदेशबाट पनि एक लाखभन्दा बढी सङ्ख्यामा गुलावको फूलको कारोबार गरिनेछ ।

प्रेमको प्रतीकका रुपमा रहेको रातो गुलाबको फूल काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला र तराईका केही जिल्लामा व्यावसायिक रुपमा खेती हुँदै आएको छ ।

एसोसिएसनका अनुसार गत वर्ष प्रतिगोटा फूल रु ५० देखि रु ६० मा बिक्री गरिएको थियो । यस वर्ष पनि त्यही अनुपातमा नै कारोबार हुनेछ ।

केही समयअघि शहरी क्षेत्रमा मात्र मनाइने यो दिवस अहिले ग्रामीण भेगका मानिसले पनि महत्वका साथ लिने गरेका छन् ।

यो दिवस हरेक वर्ष फेब्रुअरी १४ तारिखमा मनाइने गरिन्छ । उक्त दिन उपहारका रुपमा यो फूलको प्रयोग गर्ने गरिन्छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>