Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मेगा बैंक ठगी प्रकरणका मुख्य योजनाकारद्वारा आत्मसमर्पण - Himalkhabar.com

अर्थ/बजारमंगलबार, माघ १३, २०७१

मेगा बैंक ठगी प्रकरणका मुख्य योजनाकारद्वारा आत्मसमर्पण

हिमालखबर

मेगा बैंक ठगी प्रकरणका मुख्य योजनाकारद्वारा आत्मसमर्पणमेगा बैंक ठगी प्रकरणका मुख्य योजनाकार राजेन्द्र पाण्डेले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । प्रहरीले कानुनी अनुसन्धान अघि बढाएपछि पाण्डेले १३ माघमा महानगरीय प्रहरी अपराध महाशाखामा आत्मसमर्पण गरेका हुन् ।

अपराधमा संलग्न रहेको स्वीकार्दै पाण्डे सम्पर्कमा आएको महाशाखाले जनाएको छ । महाशाखाले १३ माघमै उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।

मेगा बैंक धादिङ शाखाका तत्कालीन म्यानेजर पाण्डेकै मुख्य योजनामा मेगा बैंकको रु.२ करोड ९ लाख ९० हजार ठगी भएको थियो । उनी विरुद्ध प्रहरीले बैकिङ कसुर र ठगी अपराध मुद्धा अघि बढाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>