खेलकुदबुधबार, माघ १४, २०७१
शक्ति गौचनलाई पितृशोक
नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी शक्ति गौचनलाई पितृशोक परेको छ । उनका बुबा खड्कप्रसाद गौचनको १४ माघ बिहान राजधानीस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा निधन भएको छ ।
माइक्रो बस दुर्घटनामा परेका ७५ वर्षीय गौचनको उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ । डेढ महीना अघिदेखि उनको उपचार चलिरहेको थियो ।
बुबाको उपचार चलिरहेको बेला नेपालका भरपर्दा बलर शक्ति भने आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ खेल्न नामिबिया गएका थिए । नामिबियाबाट फर्के लगत्तै शक्ति अस्पतालमा पुगेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
