थप समाचारबुधबार, माघ १४, २०७१

तुलसीपुर–सुकौरा सडक खण्ड कालोपत्र हुने

हिमालखबर

दाङ्को तुलसीपुर–सुकौरा सडक खण्ड कालोपत्र हुने भएको छ ।

sukauraतुलसीपुर–सुकौरा सडक खण्डलाई कालोपत्रका लागि हालै रु १२ करोड बजेट विनियोजन भएको दाङ क्षेत्र नं ४ का सभासद् बुद्धिराम भण्डारीले जानकारी दिएका छन् ।

तुलसीपुरदेखि करिब १० किलोमिटर दक्षिण तत्कालीन थारु राजा दङगीशरणको दरबारसमेत रहेको सुकौरासम्मको सडक कालोपत्र गरिने भएको हो ।

हाल उक्त सडक सर्वेको काम पूरा गरिसकेको सडक डिभिजन कार्यालयका प्रमुख धर्मेन्द्र झाले जानकारी दिए ।

बहुवर्षीय योजनाअन्तर्गत तीन वर्षभित्रमा सो सडक कालोपत्र गरिसक्ने गरी कामलाई अगाडि बढाएको बताइएको छ ।

ठाउँठाउँमा सडक अतिक्रमण गरी बनाएका संरचनाका कारण हाल सो सडक निक्कै साँघुरो रहेको अब उक्त सडकलाई चाँडै नै १२ मिटर चौडा पारिनेछ । भने पाँच मिटर चौडाइमा मात्र कालोपत्र गरिने छ ।
सडक निर्माणका लागि अब छिट्टै कार्यालयले टेण्डर आह्वान गर्ने जनाएको छ ।

तुलसीपुर बजारबाट पश्चिम दक्षिणमा पर्ने दङंगिशरण मार्गका रुपमा समेत चिनिने उक्तसकड विस्तारसँगै कालोपत्र भएमा त्यस भेगका नागरिकलाई विकासको अनुभूति हुनुका साथै त्यहाँ उत्पादन गरिएका कृषि उपजलाई तुलसीपुरमा ल्याएर बिक्री वितरण गर्न निकै सहज हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>